काठमाडौं १८ जेठ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा “ अनलाइन पत्रकारिता र बिपद्काल ” बिषयक एक दिने मिडिया सम्वाद कार्यक्रम राजधानीमा जेठ १८ गते सोमवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले अनलाइन मिडियालाई संरक्षण र सम्वद्धनको खाँचो रहेको र यसलाई जवाफदेही र उत्तरदायी वनाउन काउन्सिल लागेको वताउँदै पत्रकारिता क्षेत्रको अनुगमन , नियमन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल हुने प्रष्ट पार्नुभयो ।
समाचारको विषयलाई लिएर सञ्चार गृह नै वन्द भएकोप्रति आपत्ति जनाउँदै काउन्सिललाई सशक्त बनाउन भुकम्पले जनताको मनोवल गिरेको अवस्थामा पुर्ननिर्माणका लागि जिम्मेवारपूर्ण भई लाग्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले विषयवस्तुमा केन्द्रित रही अनलाइनका सम्पादक तथा रिपोर्टरहरुसंग बेला बेलामा छलफल गरेको ,अनलाइन माध्यम प्रभावकारी हुँदाहुँदै पनि थुप्रै गल्ती भेटिएको, पेशागत व्यवसायी कमी रहेको वताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले विपद्को अवस्थामा समाचार पस्कने विषयमा हामी चुकेको हो कि ? यस्तो वेला राजनीतिक सौदावाजीका कुराले प्राथमिकता पाउने जस्ता विषय वहसको कुरो भएको वताउनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलवहादुर भण्डारीले मिडियाका कारण उपत्यका वाहिरका आम जनतामा मानसिकता वदलेको र काठमाडौं सवै खत्म भयो भन्ने सन्देश गएकोमा मिडिया चुकेको बताउनुभयो ।
त्यस्तै सुचना विभागका महानिर्देशक लक्ष्मीविलास कोईरालाले विपद्को वेला व्यक्तिगत र सामुहिकरुपमा हतोत्साही पार्ने कुरा पत्रकारले गर्न नहुने धारणा राख्नुभयो ।
अधिवक्ता बावुराम अर्यालले अनलाइन व्यवस्थित हुन जरुरी रहेको वताउनुभयो ।
पत्रकार अरुण वरालले अनलाइनलाई सचेत र स्तरवृद्धि गर्न काउन्सिलले ध्यान दिन जरुरी रहेको वताउँदै आर्थिक संकटका वेला अनलाइन नै हरेकका हात हातमा रहेको दीगो माध्यमले अव प्रमुख प्रतिपक्षको भूमिका निभाउने धारणा राख्नुभयो ।
अनलाइनलाई व्यवस्थित बनाउन काउन्सिलले आवश्यक कानुन , संहिता र दर्ता प्रक्रियामा जोड दिनुपर्ने , तालिम आवश्यक रहेको , सवै संवेदनशील वन्नुपर्ने धारणा सहभागीहरुले उठाएका थिए ।
ENepaliKhabar, 1 June 2015