वि. सं. २०७२ को १२ र २९ वैशाख (२५ अप्रिल र १२ मे २०१५)मा आएका महाविनाशकारी भूकम्पका वीच पत्रकार र सञ्चारकर्मीहरूलाई रिर्पोटिङका क्रममा कामलाग्ने स्रोत सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने हेतुले यो वेभसाइट डीआरनेपाल डट ओआरजी डोमेन नाममा मिडिया फाउन्डेशन नेपालको समन्वयमा स्वयंसेवकहरूको समूहले तयार गरेको थियो ।
नव कोरोनाभाइरस महामारीको अवस्थामा मिडिया र पत्रकारहरुमा कोभिड-१९ले पारेका विभिन्न प्रभावहरु र उनीहरुलाई उपयोगी हुने व्यावहारिक सूचना-स्रोत एकै ठाउँमा समेट्ने कार्यमा हाल यो वेभसाइट केन्द्रित रहेको छ । हाल यो साइट नयाँ डोमेनमा माइग्रेसन र पुनर्डिजाइनको क्रममा छ ।
गुणस्तरीय रिर्पोटिङ र कभरेजका लागि यसमा प्राकृतिक, गैर-प्राकृतिक र मिश्रित बिभिन्न विपद् सम्बन्धि लेख-रचनाहरु र सञ्चारकर्मीहरूलाई कामलाग्ने प्रासंगिक, प्रामाणिक, व्यवहारिक, खोजपूर्ण र उपयोगी स्रोत सामाग्रीहरु प्रकाशित गर्दै लगिने छ ।