जेठ १८, काठमाडौँ । ‘नयाँ समाजको निर्माण हाम्रो अभियान’ भन्ने नाराको साथ ‘फरक सोच’ समुहले मकवानपुरको उत्तरी क्षेत्रमा क्रियाशील ११ जना भूकम्प पिडित पत्रकारहरुलाई जस्तापाता वितरण गरिएको छ । फेसबुकबाट पत्रकारहरुका लागि सहयोग आव्हान गरेपछि मकवानपुर उत्तरी क्षेत्रका पत्रकारहरुका लागि सहयोग जुटेको फरकसोचका अभियन्ता यादवजंग रायमार्झीले बताउनु भयो ।
फरक सोच अभियानले उत्तरी मकवानपुरको थाहा नगरपालिकाका ४५ परिवारलाई पनि ६/६ पाताको दरले जस्तापाता वितरण गरेको छ । पत्रकारहरुलाई आज रेडियो आवाजमा एक कार्यक्रमको आयोजना गरी फरकसोच अभियन्ता यादवजंग रायमाझीले प्रत्येक पत्रकारलाई एक बण्डलका दरले जस्तापाता हस्तान्तरण गर्नुभयो । कार्यक्रममा फरकसोच अभियानका जयन्ती रायमाझी, सुरज कुमार भुजेल, रामकुमार कार्की लगायतकाको उपस्थिती रहेको थियो ।
यस अघि फरक सोचले मकवानपुर उत्तरी र पश्चिमी क्षेत्रमा मृत्यु हुने २८ जना परिवारलाई राहत स्वरुप प्रति मृतक ३, हजार, थानपा ८, का मृगौला रोगी भरत खत्रीलाई रु ४०,हजार र थाहा नगरपालिकाको वडा नं. १ देखी १५ सम्मको प्रत्येक वडाका ३ जना भूकम्पपीडित, ४५ विपन्न परिवारलाई ३० वण्डल जस्ता राहत स्वारुप वितरण गरि सकेको छ ।