वैशाख १२ गतेको भूकम्पको कारण प्रभावित सञ्चारकर्मीहरुलाई विभिन्न सञ्चार सामग्रीहरु प्रदान गरिएको छ । नेपाल पर्यटन पत्रकार संघ नेपालले भूकम्प पीडित पत्रकारहरुलाई सञ्चार सामग्रीहरु वितरण गरेको हो । आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघले भूकम्प पीडित पत्रकारहरुलाई आवश्यक सामग्रीहरु प्रदान गरेको हो । भूकम्पबाट प्रभावित सचारकर्मीहरुलाई पत्रकारिता गर्न सहज पुगोस् भन्ने उदेश्यले सञ्चार सामग्रीहरु प्रदान गरिएको पर्यटन पत्रकार सघले जनाएको छ । पर्यटन पत्रकारितामा कृयाशील पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीहरु अडियो रेकर्डर, आइटी उपकरण, ज्याकेट,सहितको ब्याग प्रदान गरिएको हो ।
News24Nepal.tv, 9 August 2015