काठमाण्डौ, असार १८ । नेपाल पत्रकार महासंघले संयुक्त राष्ट्रसंघअन्र्तगत मानवीय मामिला संयोजन प्रमुख जोन जिङमाथि कारवाहीको माग गरेको छ । भूकम्प पीडितलाई अखाद्य वस्तु वितरण गरेको विषयमा नेपाली सञ्चारमाध्यममा प्रसारण र प्रकाशन भएका समाचारलाई लिएर जिङले दिएको अभिव्यक्ति प्रति आपत्ति जनद्वारा प्रकाशित/प्रशारित समाचारलाई लिएर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महासंघले जिङमाथि कारवाही गर्न राष्ट संघसित माग गरेको हो ।
जिङले कुहिएका चामलको तस्वीर, भिडियो सहित प्रकाशित/प्रसारित समाचारलाई लिएर नेपाली सञ्चारजगतलाई ‘ननसेन्स’ भनेका थिए । ‘कुहिएका चामलको तस्वीर, भिडियो सहित प्रकाशित/प्रसारित समाचारलाई लिएर जोनले नेपाली सञ्चारजगतलाई ‘ननसेन्स’ शब्दसमेत प्रयोग गरी कूटनीतिक मर्यादा विपरित आक्षेप लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् मात्रै नभई यो नेपाली राष्ट्रियता र स्वाधिनतामाथिको ठाडो हस्तक्षेप हो ।’
महासंघले विज्ञप्ति निकालेर भनेको छ –राष्ट्रसंघ भनेको नेपाल पनि हो । एक कर्मचारीले नेपालको राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै सहयोग फिर्ता लैजाने जस्ता धम्कीयुक्त अभिव्यक्ति दिने कर्मचारीमाथि तत्काल कारबाही गर्न राष्ट्रसंघसँग महासंघ जोड्दार माग गर्दछ ।’
महासचिव उजिर मगरले निकालेको विज्ञप्तिमा सरकारलाई ‘जोनको अभिव्यक्तिप्रति गम्भीर प्रतिक्रिया जनाई कार्वाही प्रक्रिया अघि बढाउन’ आग्रह गरिएको छ ।
Everest Daily, 3 July 2015