विपद्को बेला उद्धार र राहतकार्यमा संलग्न पक्षले मिडिया आलोचना सहन गर्नु पर्ने अवस्था आउन सक्छन् । भारतीय राजदूतावास- अन्नपूर्ण पोस्टवीचको खटपट एउटा ताजा उदाहरण हो ।
तर भारतीय दुतावासले आपत्ति जनाएका दुई वटै लेख सरासर तथ्य र स्रोतमा आधारित देखिन्छन् प्रश्न के भने:जिल्लाको उडानमा भारतीय सेनाले कसको समन्वयमा काम गर्ने?- प्रमूख जिल्ला अधिकारी कि नेपाली सेना?
सम्बन्धित सामग्रीहरु तल:
प्रधानसम्पादक घिमिरेलाई दिइएको धम्कीको महासंघबाट भर्त्सना
काठमाडौं : वरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित दिएको धम्कीको नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।
महासंघले प्रधान सम्पादक घिमिरेलार्इ बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारबारे आपत्ति जनार्इ ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएको जनाएको छ ।
‘विनाशकारी भूकम्पबाट प्रभावित हुँदा पनि देश र जनतालाई सू-सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटी दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्मविपरित आरोपित गरिनु निन्दनीय छ’, महासंघका महासचिव उजिर मगरले निकालेको विज्ञप्तीमा भनिएको छ ।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा आरोप लगाइनु नेपाली मिडिया तथा प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।
‘संचारकर्मीहरुलाई समाचार आफूअनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
त्यसैगरी प्रधानसम्पादक घिमिरेलार्इ दिइएको धम्कीको नेपाल पत्रकार महासंघ अन्नपूर्ण पोस्ट् शाखाले पनि भर्त्सना गरेको छ ।
समाचारबारेमा आपत्ति भए मर्यादित ढंगबाट समाधाानको उपाय खोज्नुपर्नेमा दूतावासकै जिम्मेवार पदाधिकारीले दिएको धम्की खेदजनक भएको शाखाले जनाएको छ ।
Annapurna Post, 9 May 2015.
सम्पादक घिमिरेलाई धम्क्याएकोमा महासंघको आपत्ति
काठमाडौं— बरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारलाई लिएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए।
विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित धम्क्याउनु निन्दनीय भएको महासंघ महासचिव उजिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ।
आफू अनुकुल नहुँदैमा सञ्चारकर्मीलाई आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन नसक्ने भन्दै महासंघले घटना छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
धम्की दिएकाे छैन : अभयकुमार
दुतावासका प्रथम सचिव अभयकुमारले प्रधानसम्पादक घिमिरेलाइ धम्की नदिएकाे बताएका छन् । उनले समाचारकाे विषयमा प्रधानसम्पादक घिमिरेसँग कुरा भएपनि अाफूले कुनै अभद्र व्यवहार नगरेकाे दाबी गरे।’समाचार लेख्दा दुवै पक्षकाे कुरा राख्नुपर्छ भन्ने अाग्रह गरेकाे हाे, उनले भने, ‘ मैले धम्याउने काम गरेकाे छैन ।’
Nagarik, 9 May 2015.
भारतीय दूतावासलाई चित्त नबुझेका अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार र सम्पादकीय
भारतीय राजदूतवासको प्रेस रिलिज (खण्डन):