काठमाण्डौं । बैशाख १२ र २९ गतेको महाविनाशकारी भूकम्पको धक्का कारण बिभिन्न अत्यावश्यक क्षेत्रहरुलाई समेत असर पारेको छ । त्यसै मध्येको अत्यावश्यक क्षेत्र नेपाल दूरसंचार संस्था अन्तर्गतको टेलिफोन नम्बरको जानकारी दिने १९७ को सेवा पनि हो ।
दूरसंचार संस्थाले १९७ को सेवा संचालन गर्न ठेक्कामा साईबरनेटिक्स प्रा.लि लाई दिएको १९७ को सेवाका लागि राखिएको कार्यालय रहेको सुन्धारा स्थित चाइनाटाउन सपिङ्ख कम्प्लेक्सको भवनमा सामान्य क्षति भएपछि सेवाग्राहीलाई सेवा दिन केही समस्या परेको छ । नेपाल दूसंचार संस्थाले संचालन गरेको १९७ को सेवा भूकम्प पश्चात थोरै समस्याग्रस्त रहेको छ ।
१९७ मा काम गर्ने कर्मचारीहरु काम गर्ने भवन असुरक्षित रहेको भन्दै त्रसित भएपछि केही कर्मचारी मार्फत मात्रै सेवा दिनु बाध्य भएको सेवा प्रदायक कम्पनीका प्रबन्ध निर्देशक निरन्जन खनालले बताउनुभयो । कम्पनिको कार्यालय काठमाण्डौ स्थित सुन्धारामा रहेको चाईनाटाउन सपिङ्ख कम्प्लेकसमा रहेको छ ।
सर्वसाधारणले १९७ बाट पाउनुपर्ने सेवामा निकै कठिनाई भोगिरहेको गुनासो बढिरहेको छ । यता कर्मचारीहरुले भवन सुरक्षित नदेखिएकोले आफूहरु काममा नफर्केको भनाई राखेका छन् । सर्वसाधारण र कर्मचारीको माँगलाई सम्बोधन गराउन कम्पनिले ईन्जिनियरहरुको टोलिबाट कम्पलेक्सको निरिक्षण गराएका छन् ।
चाईना टाउन सपिङ्ख कम्प्लेकसको निरिक्षणमा आउनुभएका ईन्जिनियर डक्टर राजन सुवालले १९७ एक संवेदनशिल र अत्यावश्यक सेवा प्रदायक संस्था भएकोले आफूहरुले निकै सूक्ष्म ढंगले कम्प्लेकसको निरिक्षण गरेको र कम्प्लेकसको पछिल्लो भागमा मर्मत सम्भार पश्चात मात्र काम सूचारु गर्न सुझाव दिएको तर १९७ को कार्यालय रहेको स्थान तुलनात्मक हिसाबले सुचारु गर्न योग्य रहेको बताउनुभयो । चाईनाटाउन कम्प्लेक्सका सल्लाहकार ईन्जिनियर लिभा श्रेष्ठले कम्प्लेक्सको केही ठाउँमा पिलरमा सामान्य षति देखिएकोले तत्काल त्यसको मर्मत सम्भार गर्न सल्लाह दियसकेको जानकारी दिनुभयो ।
उहाँले कम्प्लेकसको पछिल्लो भाग बाहेक अन्य कुनै पनि स्थानमा समस्या नरहेको अध्ययन पछि निष्कर्ष निकालेको बताउनुभयो । त्रसित मानसिकतामा रहेका कर्मचारीहरुलाइृ प्राविधिक ईन्जिनियरहरुको टोलिले केही समय परामर्श दिएपछि कर्मचारीहरु पनि काममा फर्कने भएका छन् ।
कर्मचारीको त्रसित मानसिकताका कारण १९७ को सेवा बिगत केही समयदेखि निकै कठिनाई भोग्दै आएका सर्वसाधारणले सम्भवत बिहीबार अन्य दिन झै सामान्य सेवा पाउनेछन् ।
News24Nepal, 10 June 2015