काठमाडौं, २० जेठ । नेपाल फोटो पत्रकार क्लवका सदस्य अशोक दुलाललाई ललितपुरको चापागाउँस्थित बज्रवाराही उच्चमाविका प्रिन्सिपल रामेश्वर महर्जनहितको शिक्षक टोलीले विद्यालय भवनमा रातो स्टीकर लागेको तस्वीर प्रकाशन गरेकोको भन्दै धम्की दिँदै दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आज जारी प्रेस विज्ञप्तीमा नेपाल पत्रकार महासंघले जनाएको छ ।
क्लवका अनुसार राजधानी दैनिकको जेठ १९ गतेको अंकमा जिल्ला शिक्षा कार्यालय ललितपुरले असुरक्षित प्रमाणीकरण गरेको उक्त विद्यालयको भवनसँगै पढ्न पुगेका विद्यार्थीको क्याप्सनसहितको फोटो प्रकाशन गरेपछि विद्यालयमा बोलाएर विद्यालयको बेइज्जती गरेको भन्दै पत्रकार दुलाललाई धम्की टोलीले दिएका थिए । दुलालमाथि भएको घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।
Eherald Post, 3 June 2015