उमेर (Age):
27
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
बैशाख १२ को भुँइचालोमा म किर्तिपुर स्थित आफ्नो रूममा पढ्दै थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
म के गर्ने-के गर्ने भएँ । अनि हत्तपत्त घर बाहिर दौडिएँ । यति लामो भूकम्पको महसूस अहिले सम्म गरेको थिइन ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
आज कहाँ-कहाँ कति धेरै क्षति भयो होला भन्ने लाग्यो । अनि आफ्नो घर परिवारलाई केही भो कि भनेर जान्न मन
लाग्यो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
के-के असर गर्यो होला भन्ने सूचना खोजें र पाएँ पनि ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
रेडियो सुनें । कान्तिपुर पत्रिकामा प्रकाशित फोटाहरु हेरे । फेसबूकमा हालिएका जानकारीहरु हेरें । अरु मिडिया त प्रयोग नै गरिन । जति सूचना आउनु पर्ने हो आएकै थियो । आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने पत्रकारहरुलाई साधुवाद ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
त्रिभुवन विश्वविद्यालयको प्रांगणको खाली ठाउमा बसेर बिताएँ ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
खै, सबै कुरा स्मरणीय नै छ ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
प्राय पुराना घरहरु भत्किएर मानिसको ज्यान लिएको पाइयो भने पछि हामी आफ्नै कमजोरीले गर्दा मर्ने रहेछौं । पुराना घरहरुलाई मर्मत गर्ने या भत्काउने सरकारले कदम चाल्नु पर्यो ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।