उमेर (Age):
54
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म भद्रपुर झापा को घरमा खाना खाए पश्चात् कोठामा टिभी हेरिरहेको थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भूकम्प आउँदा शुरू-शुरूमा एकछिन पर्खें तर जब बेस्सरी हल्लिन थाल्यो, बाहिर खुल्ला ठाँउमा निस्कें । मसंगै मेरी श्रीमती, एकजना साथी तथा घरमा काम गर्ने महिला पनि घर बाहिर निस्के । बाहिर पुगेता पनि डर र त्रासले मन भयभित थियो । हामी सबैजनाले घरको खालि चौरमा घर हल्लिएको प्रष्ट रूपमा देखेका थियौं । त्यस दिन निकै नै अनिष्ट हुने भान हामीलाई भै सकेको थियो ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
आफूहरू सर्वप्रथम सुरक्षित रूपमा बस्ने कुरालाई त्यतिखेरको महत्वपूर्ण कुरा लागेको थियो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
त्यतिखेर मनमा लाग्यो कतै यो महाभुकम्प त होइन , काठमाडौ मा त कतै भुकम्पको केन्द्र बिन्दु त होईन । तत्कालै फोन तथा मोबाइलबाट काठमाडौंमा छोराछोरी, आमा, काकी, भाइ तथा आफन्तजनलाई सम्पर्क गर्न खोजें । तत्काल त मैले चाहेका सबै सूचनाहरू पाइन तर बिस्तारै विभिन्न माध्यमबाट उपलब्ध भयो ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
भूकम्पबारे जानकारी दिन विभिन्न संचार माध्यम मलाई धेरै उपयोगी भए । भूकम्प पिडितहरूको अवस्था तथा राहत सामाग्री वितरण सम्बन्धी समाचारका साथै पुनर्निर्माणका बारे जानकारी यी संचार माध्यम नभएको भए यी बारे हामी अन्ध्यारोमा नै हुने थियौं ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake-- what you did, etc.).
बैशाख १२ गतेको भूकम्प पश्चात् विभिन्न खाले हल्लाले झन् आतंकित बनायो । झापामा परकम्पनहरू नआएता पनि केही दिन घर बाहिर राति पालमा सुत्याैं । कहिं कतै बाहिर जाँदा पनि सजग र सुरक्षित हुन्थें ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
यो हल्लै हल्लाको देशमा कहिले काहीँ हल्ला पनि साँचो हुँदो रहेछ । एउटा हल्ला आयो कि अब बिस्तारै पूर्व तिर भुकम्प सर्दैछ; त्यसपछि केहििदिनमा नै रामेछाप अनि ईलाम र मिरिकलाई केन्द्र बिन्दु बनाएर निकै जोडले पुर्बतिर हल्लायो र त्रास फैलायो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
बैशाख १२ गते को भूकम्पबाट विनाश त भयो नै तर संगसंगै ठूलो अवसर पनि आएको छ । बिगतका दिनहरूमा हामीले गरेका गल्तीहरूलाई सच्याएर अब अगाडि बढ्न हामीलाई चुनौती छ । घर निर्माण, भौतिक संरचना निर्माण लगायत शहर बिकास योजनाहरू बानाउंदा इमान्दारीपूर्वक कार्यान्वयन हुनुपर्यो ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।