उमेर (Age):
21
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
कृषि रेडियो १०१.५ मेगाहजमा काम गर्नगर्ने बारे सिक्नको लागि आउनु भएका मित्रहरुलाई रेडियो कार्यक्रमको बारेमा बताउदै थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भुकम्प जाँदा जाँदै मलाई मनमा डर लागेको थियो, घरको चिन्ता लागेको थियो । कृषि रेडियो प्रशारण केन्दको घर भत्किए पनि मनमा घरको चिन्ताले सताएको थियो । बल्ल-बल्ल बाहिरिंदा घर भत्कियो, रेडयो सञ्चालनमा ल्याउन सकिएन । त्यो भत्केको घरमा मानिस छोपिएका थिए, उनीहरुलाई निकाल्न पट्टि लागियो र निकालियो, अनि घर गइयो । र, वेलुकाबाट रिपोर्टिंगमा लागियो ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
त्यति वेला मलाई मान्छे बस्ने घर र मैले काम गर्ने रेडियो नै महत्वपूर्ण लाग्यो किनकि जनता आफ्नो सूचना पाउने अधिकारबाट बन्चित भएका थियो ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
त्यतिनै वेला मैले गाँउ-घरमा कति घरहरु भत्किए, कति कुरा क्षतिमा परे र कति मानिसले आफ्नो जीवन नै गुमाएका होलान भन्ने खोज्न चाहें, तर सूचना प्राप्त गर्न सकिएन, मोवाइलको नेर्टकको समस्यालेले गर्दा ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immedaitely after the quake and the days following it? Please note their strengths as well as weaknesses).
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइनले सूचना दिएनन् त कसरी भन्ने, खै! आफू नै रिपोर्टिंगका लागि हिंडियो, तर घरमा टि भी फुटेको हुनाले टि भी र्हेन पाइएन । मेरो सूचनाको स्रोत मोवाइल फोन भन्दा अरु थिएन । तर घरमा चाँही रेडियो नेपाल सुन्नका लागि ममीले एउटा रेडियो सेट किनेर ल्याउनु भएको थियो, त्यही सुनियो र चार दिन पछि आफ्नै रेडियो सञ्चालन गर्न लागियो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
यस्ता रहे मेरा त्यो हप्तकाका दिनहरु:
भोकै, रुँदै र मन सम्हाल्दै गाउँमा रिपोट्रिङ
गोविन्द सुवेदी, [email protected] (तर्सपु÷धादिङ)
२०७२ साल बैशाख १२ गते शनिवारको दिन मध्येन १२ बजे तिर गोर्रखाको बार्रपार्क गाविसलाई केन्द्र विन्दु बनाएर ७.९ । रेक्टर स्केलको विनाशकारी भुकम्पले धादिङको भु–भाग पनि अछुतो रहन सकेन त्यसै क्रममा धादिङको सम्पुण भु–भागमा पनि पुर्णरुपमा क्षति पुगेको अवस्थामा पत्रकारी गदै गर्दा आफुको कर्तव्य निवार्ह गर्नको लागी भन्दै विभीन्न गाँउ गाँउमा रिपोटिङ गर्नेको लागी गाउँ गाउँ पुग्नू पर्छ भनेर गाउँ गाउँको रिपोर्टीङ क्रममा निश्कीइयो भुकम्प गएको दिन बेलुका पखबाटै ।
भुकम्प गएको दिन विहान खाना खान मिलेको थिएन बेलुका पनि भुकम्पले घर भत्काए पछि घरमा खाना पाकेन छ । भुकम्प गए पछि मेरो मोवाईलको तेस्रो फोन एक गन्यमान्य तथा राष्ट्रिय स्तरको सञ्चारमाध्यमको थियो । रिपोटिङको लागी अनुरोध भएको थियो । त्यो पनि प्रत्यक्ष फोनबार्तामा कुराकानी गर्नू पर्ने जनसमुदायलाई पनि प्रत्यक्षरुपमा कुराकानी गराउनू पर्ने भने कुरा भयो हुन्न भनु भने यतिवेलाको धर्म पनि यहि हो पुरा गर्न पर्छ हुन्न भनेर भन्नु हुन्न भनेर हुन्छ भनिदिए । भुकम्प गएको दिन ५ बजे वेलुकाबाट त्यस सञ्चारमाध्यममा फोनबार्ताम राती १० बजे सम्म बेला बेलामा जोडिए गाँउको केही भुकम्प प्रभावितहरुको आवाँजलाई प्रत्यक्ष बजाउनु प्रयास पनि गरे तर उनीहरुको आवाँजमा पनि मेरो फोटोलाईनै प्रत्यक्ष रुपमा जोडेको भनेरमा पनी टिका टिप्पणी सुने । राती १०.३० बजे तिर घर आए घर पनि लडेको थियो । त्यस कारणले गर्दा बारीको पाटोमा बस्ने व्यवस्थाको प्रवन्ध मिलाएर बस्नु भएको रहेछ । तर अन्न जति छोपिएको थियो त्यस कारणले गर्दा सामान्य खानेकुराको भरमा सुत्नू भएछ । गाँउ तिर भएकाले त्यहि पनि भेटिन र भोकै सुते ।
दोस्रो दिन विहान जुरुक उठन नपाउदै त्यस सञ्चार माध्यमको फोनले मोवाईलमा घण्टी बजायो र आफ्नो मोवाईल पनि अफ भो अनि ममि र मामाको मोवाईल बोकेर अर्को गाउँ सम्म रिपोर्टिङमा निश्कीए चियाँ पनि नखाई, घर नभत्कीदा चियाँ खाएर मात्र निश्कीने बानी थियो । तर त्यसो हुन सकेन चियाँ नखाईनै निश्कीए रिपोटिङको लागी जुन गाँउमा पुग्नू थियो । त्यहि गाउँ सम्म पनि पुगे रिपोर्टि«ङ गर्ने कार्य अघिलो दिनको जस्तै गरी जोडेने प्रयास गरे तर त्यो दिन पनि भोको मात्र रहनु परेन बेला बेलामा मेरो आखाँबाट आँसु पनि बग्न थालेछ मैले कुराकानी गरेका बा–आमा अनि त्यस गाँउका अन्य मान्छेले झारेका आँसु देखेर, तर कसरी पछि आफुले पनि बोल्ले याद भएन मलाई बोल्दै गएको थिए । जोसंग कुरा गरे पनि उनीहरु रुदै गए पछि मेरो पनि मनले घर सम्झन थाल्लेछ र म पनि घर सम्झेर रुन थालेछु । अघिलो दिन देखी भोकै थिए भुकम्प गो अनि झन भोको भए म त्यो दिन सबै गाउँको घर पसल भत्कीएकोले एक पोको चाउँचाउँ खान पनि सकिन अनि दुई दिनको भोको पेट बोकेर पुन रिपोट्रिङ गरीनै रहे । त्यसै क्रममा म त्यो दिनको रिपोट्रिङ गर्नेकै लागी हिडे बाक्लो बस्ती रहेको त्यो गाउँमा अन्य स्थानबाट बाटो पनि देखीन र दुई घरको बिचबाट छिटो क्रस गर्ने तयारी गरे हिडे घरको दुई घरको विचबाट क्रस गर्दा गदै पुन भुकम्पको धक्का सुरु भयो म झन छिटो दौडिए । तर दौडिदा दौडिदै घरको एउटा सानो ढुङ्गाले लागेर म पनि भुकम्प प्रभावित सामान्य घाईते पनि भए तयो दिन त त्यति दुखेन म रिपोट्रिङ गर्न पटिनै लागे, यसरी पनि दोस्रो दिन पनि बित्यो ।
दोस्रो दिन सम्ममा मैले तिन ओटानै मोवाईल अफ गराएर घर फर्कदा बेलुका ममिले गाली गर्नु भो काँहा काँहा के भएको छ । तेरो आफ्नो त अफ गराईस हाम्रो पनि अफ गराईस होईन भन्दै गाली गनुई भोकै, रुदै आफुको मन समाहल्दै रिपोट्रिङ गरेर घर र्फकदा गाली खाए अघिल्लो दिन देखीको भोक पनि मेटाउने गरी, चुप लागीरहे बोलीन बेलुका मामाले चिउरा लग्नु भएको रहेछ त्यही खाएर पाल मुनी भैहीमै सुते म पनि कतै पनि सम्र्पकमा रहन सकिन म र्दुघटनामा परेको कुरालाई घरमा भनिनी भोली पल्ट विहान उठन लाग्दा उठन पनि सकिन अनि घरमा सवैले थाहा पाउनु भो म विरामी परेको पछि ऐनामा हेर्दा ढाँडमा चोट त थिएन तर निलो डाम भने थियो । म अनि सामान्य उपचारको लागी बजार सम्म ओरालो लागे सामान्य उपचार पछि गाँउको एक साथीको बाईकमा हालेर एक बोरा चामल किनेर लगे र तेस्रो दिन बेलुकाबाट बल्ल तल्ल चामलको भात प¥यो पेटमा घरमा भाई बहिनी भात खान पाउदा खुसी भएको देखेर पुन आँखाबाट बाट आसु बगीनै सकेछ । यस मामाको अनुहार तर्फ र्फकदा पनि उनको आँखाले आसु बगाएको देखे बल्ल बल्ल आफ्नो मन सम्हालेर मामालाई कराए
तेस्रो दिन पेटमा चामलको भात पर्दा असाधै खुसी पनि लाग्यो र यो लेख तयार पार्दा सम्म पनि घरको अन्न झिक्न सकिएको थिएन । अनि म आफ्नो घर मान्खुमा त्यहि दिन देखी फोन लागेको थिइएन । चौथो दिन विहान उठेर मान्खु घर तिर लागे तर घरमा पुग्दा एउटा घरको नक्सा थिएन भने अंकल मधु प्रसाद सुवेदी बस्नु भएको घर पनि पुर्ण रुपमा क्षति भएको थियो । त्यस पछि अंकल सग केही कुरा गरेर फकिर्ए फेरी प्रिय पाठक वर्र्ग फेरी तेस्रो दिन तिर पुन एक पटक र्फकन मन लाग्यो । माथी उल्लेख गरेका कुरा गर्नको लागी म बजार झर्दा बजारका केही मान्छेहरुले मलाई केहीनै नगरेको भनेर रिसाएको थिए । तिन सम्मको भोको पेटमा उनी चुनावमा चुरी फुरी गरेको अहिले कतैबाट पैसाउने भएकाले गरेको भने पछि मैले पनि उनलाई पनि केही त्यस्तै खालको कुरा गरेको थिए । उहाँ रिसाएर र त मलाई केही फरक पदैन भने मलाई आजको यो अवस्था सम्म ल्याईपु¥याउने व्यक्तीले त भनेको मानिन त्यसै यो लेखबाट उहाँहरु दुवै नरिसाउनको लागी हार्दिक अनुरोध गदै यो लेखलाई यतिमै रोक्ने अनुमति मागे प्रिय पाठब बर्ग मैले ।
कृषिबाट बाहिरीदा, बर्वाद भो बावु सुनियो
गोविन्द सुवेदी, [email protected] (धार्के÷धादिङ)
प्रिय पाठक बर्ग हो आज मलाई कृषिबाट बाहिरीदा र्बवाद भो बावु सुनियो भनेर लेख्न मन लाग्यो । गत शनिवारबार अर्थात २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा म विशेष कामको लागी कृषि रेडियो १०१.५ मेगार्हजमा थिए । त्यही रेडियोको वैठक कक्षमा बस्दा बस्दैमा भुकम्पको कम्पनको शुरुवात भयो । मेरो साथमा कृषि रेडियोका मित्र राजराम डगाेंल र कृषि रेडियोमा काम गर्नको लागी काम सिक्न आउनु भएका मनिषा आचार्य रिता बानियाँ लगाएका मित्र हरु पनि हुनुहुन्थो । भुकम्पको कम्पनको शुरुवात हुदा मित्र राजाराम र म काम सिक्नको लागी आउनुभएको मित्रहरुलाई रेडियोमा समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा तथा रेडियोमा बोल्दा ध्यान दिनु पर्ने कुराका बारेमा छलफल गरीरहेको अवस्थामा थियौँ ।
मध्यान्ह तिर राजाराम जीले उ भुकम्प आयो भन्नु भयो । उहाँको मुखबाट त्यो शव्द सकिन नपाउदै भुकम्प आयो हामिलाई भाग्नकोलागी हतार मात्र भयो र हामी भाग्ने मात्र तयारी गरी रहेका थियौँ । राजाराम र अर्को तिन जना मित्रहरु रेडियोको टासमिटरको तार थुतेर बाहिरीनु भयो । म भाग्न लाग्न लाग्दा रेडियोको बैठक कक्षको ढोकामा ढोकिएर बाहिरन सकिन त्यही बैठक कक्षमा रुमलीरहेको थिए । त्यसमा पछि मित्र रिता बाँनियाले तान्न थाल्नु भो म पनि त्यहि बैठक कक्षको टेवुल मुनी नै झिरे हामी तिन जना त्यहि टेवुल मुनी बसिरहयौँ । त्यो भुकम्पको धक्का कम भए पछि म बाहिरीए र बाहिर निस्कदा कृषि रेडियोको एउटा घर प्रसारण केन्द्र र म टेवुल मुनी लुकेको स्थानमा पनि पुर्ण रुपमा क्षति र सगै रहेको घरको कुनै पनि नक्सा थिएन । बसेको स्थानबाट बाहिरीदा सगै रहेको तथा रेडियोको प्रशारण केन्द्र संग जोडिएको घरको बुढि आमाले बावु हेर्नुत बर्वाद पो भो घर भित्र मान्छे छोपिएको छ कसरी निकाल्ने होला भन्ने वितिकै म पनि त्यही लडेर मान्छे छोपिएको घर पटि लागे अनि साथी राजाराम पनि आउनु भो र घर वेटी बा सम्म गर्दा हामी तिन जना भयौँ । त्यस पछि हामीले जहाँबाट आवाज आयो त्यहि खोल्तन थाल्यौँ ।
भुकम्प धक्का आईनै रहेको थियो तर हामीलाई घर लडेर छोपेर मान्छेले मागेको गुहारको मात्र हामी ध्यान दिएर लागी रहयौँ भुकम्पको धक्काको क्रममा नै घर लडेर छोपिएका उहाँको ४ जनाको परिवारलाई निकाली सक्दा हामीले ठुलै युद्धा जिते झै लाग्यो विरामीलाई उपचारको लागी अस्पताल पठाइयो र हामी सवै एक ठाँउमा बस्यौँ अनि कुरा कानि गर्न थालेका तर भुकम्पको धक्का रोकीएको थिएन । हामीले आ आफुको घरमा फोन गर्न पटि लाग्यौँ तर घरमा फोन लाग्न सकेन अनि हामी सवैको मुहारमा घरको चिन्ता लाग्न थालेको देखिन्थो । बल्ल बल्ल घरमा फोन लाग्दा घरमा घर लडेको तर मान्छेलाई केही नभएको मात्र खवर आयो । मेरो मात्र राजाराम रिता मनिषा लगाए सवैको घरबाट घर लडेको खवर आयो त्यस पछि हामीले केही पनि गर्न सकिएन ।
त्यस्तै क्रममा हामी आ आफुको घर तर्फ लाग्नको लागी छुटयो र धार्के बजारमा बसेर गाडी रोक्नलाग्दा पनि गाडी कुनै पनि नरोकेर रिता जी म गाडिको र्पखाइमा थियौ हाम्रो साथमा राजाराम पनि हुनुुहुन्थो बल्ल बल्ल एउटा कार आयो त्यसलाई मैले रोके त्यो कारले हामीलाई हाम्रो गतव्य सम्म पु¥याएर हामीलाई गुन लगाउने सुरसार गरे पनि हामी उनको कारमा चडेर महादेववेसीमा सम्म गईयो र म त्यहाँ बाट सरासर घर तर्फ लागे घरमा पुग्दा घरको एक पटिको भाग लडेको थियो । घरबाट भुमिस्थान ४ इदार पटी हेर्दा सवै घर टहराहरु ध्वस्त भएको देखे त्यस पछि मैले आफुको परिवारलाई बाख्रा पाल्नको लागी बनाएको टहरामा परिवारलाई राखेर म पनि रिपोटीङ निस्कीए जुन घरको भत्कीएको भाग हेरेर पनि मेरो मनमा त्यही कृषि रेडियो अगाडीको घरमा छोपिएका प्रकाश दाईको परिवार उँहाको अवस्थाले र त्यो घरको मात्र याद दिमागमा आईनै रहयो । त्यस्तै पनि मैले यो लेख्ने जर्मक गरेको गरेका हु,
प्रिय पाठक बर्ग ।
प्रिय पाठक बर्ग, त्यस पछि भुकम्पको १२ औ दिन पछि पुन म रिपोटिङको क्रममा जिवनपुर कृषि रेडियो भएकोआस पास तिर पुगेको थिए । प्रकाश दाईलाई मैले बैशाखीको भरमा हिडिरको देखे पनि दाई संग थप कुरा कानि गर्नका मन पनि लागेन तर पनि यो लेख्न पछि मन लागेर पर्छि यो लेख तयार पार्ने जर्मको गरेको छु । त्यस्सै केहीको डाँटा समेटन नसकिएको भए पनि मेरो मन छोएको र म आफु पनि त्यस उद्धारमा खटिनएको कारणले मात्र यो लेख लेख्ने कोशिस गरेको हु प्रिय पाठक बर्ग यति कुरा गदै यो लेखको लागीे कलमको निप पनि निभाउने अनुमति चाहनछु । अर्को लेखहरुमा र समाचारहरुमा भेट गरुँला।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
त्यति वेला घरले छोपिएको रेडियोसंगै रहेको परिवारलाई बचाउन पाएको र रिपोर्टिंगमा निस्कंदा दुई दिन पछि ढुङगाले लागेर अफू घाइते भएको कुरा र घरका परिवालाई आकाश मुनि राख्नु परेको दुःख, तीन दिन पछि मात्र पेटमा अन्न परेको कुरा स्मरणीय रह्यो । ती कुरा कहिले बिर्सन्छु होला र !
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
त्यो दिनको भुकम्पले भत्काएको मानसिकता पहिले त्याग्नु पर्छ र अठोट गर्नु पर्छ कि हरेक विनाश पछि विकासको सम्भावन पनि हुन्छ र त्यहि अनुसार काममा हामी लाग्नु पर्छ भनेर सिक्नु पर्छ जस्तो लाग्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।