उमेर (Age):
35
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
१२ वैशाखमा म नवलपरासीको अमल्टारी “होम-स्टे”मा थिएँ, जहाँ पश्चिम नेपालका १६ जिल्लाका पत्रकारहरु थिए । नेकपा एमालेका सचिव योगेश भट्टराईले सम्बोधन गर्दैगर्दा भूकम्पले हल्लयो । हामी भागाभाग भयौँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
सबै पत्रकारहरु बाहिर निस्के । हामी पनि बाहिर निस्क्यौँ । बाहिर खुला चौरमा पनि हल्लायो । म नेतासँगै थिएँ । डराउने, भाग्ने काम भएन । धैर्य गर्यौँ ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
भूकम्पपछि फेरि कार्यक्रममा लाग्यौँ । योगेश भट्टराईले दोहोर्याएर सम्बोधन गर्दा फेरि पराकम्पन आयो । अनि कार्यक्रम रोक्यौँ । त्यसपछि घरतिर खबर गर्यौं । फोन लागेन । स्वाभाविक छ, पहिला परिवार, त्यसमा पनि पत्नी र सन्तान, त्यसमा आफन्तको सम्झनामा फोन घुमाइयो ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
तत्काल सम्पर्क हुनै समस्या पर्यो । त्यसपछि धमाधम क्षति विवरण आउन थाले । आफन्त र परिवारसँगै मिडियामा कहाँ के भयो भनेर खोज्न थाल्यौँ ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
आफ्नो अनलाइन नै अपडेट गर्न सकिएन । सूचना पुष्टि गर्ने निकायले साथ नदिँदा मिडिया केहीसमय त रुमल्लिए । तर विस्तारै सूचना प्रवाह हुन थाल्यो । मिडियाले सु्रुमा प्रभावकारी भूमिका खेल्न खोजे । पछि आतंकति पार्ने काम बढी भयो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
एकसाता निकै तनावमा बित्यो । बाल-बच्चालाई गाउँ पठाउन सकिएन । अनि अफिसमा कर्मचारी जान डराएकाले अनलाइन अपडेट हुन सकेन । दुईरात परिवारसँग संविधानसभाको चौरमा बिताइयो । त्यसपछि मकवानपुर गएँ । स्टाफहरुलाई बिदा दिएँ । आतंकित समयमा ज्यान बचाउने भनेर पत्रकारिताका काममा ९० प्रतिशत कटौती भयो ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
मासिन आतंकित थिए । उनीहरुलाई सान्त्वना दिने काममा राज्य र मिडिया चुके । आँशु बेच्ने होडमा मिडियाले थप आतंकित पार्दा प्रहरी प्रशासन उद्धारमा जुट्दा अरु व्यापारिक निकायले कमाउने मौका पाए । राज्य कमजोर हुँदा यस्तै हुन्छ ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
कमजोर भौतिक पूर्वाधार निर्मँणका लागि सिफारिस गर्ने सरकारी निकायका प्राविधकिहरु कारबाहीको दायरामा आउनु पर्छ । निर्माण कम्पनी र व्यक्तिहरु कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्नुहुन्न । अनि भूकम्पप्रतिरोधी घर बनाउनै पर्छ । जुन घर भत्किएक छन् । ती भत्कनै पर्ने घर हुन् र राज्यले राहत र क्षतिपूर्ति दिएर अब यस्ता घर हटाउनु पर्छ । आतंकित पार्ने काम निरुत्साहित पार्नुपर्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।