उमेर (Age):
42
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please decribe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
२०७२ बैशाख १२ को दिन सप्तरी जिल्लाको राजविराज–४ स्थित जिल्ला सहकारी संघको वार्षिक साधारण सभा उद्घाटन समारोहको रिपोटिङ क्रममा कार्यक्रम हलमा थिएँ । कार्यक्रम शुरु गराउन मञ्चमा उदघोषकले म्याकमा बोल्दै जानेक्रममा क्रयाकक्रुक आवाज आएपछि, मञ्चको आवाज होला भनठाने तर एकछिनमै, भूकम्प, भूकम्प भनेर सबैले कराए । त्यसपछि हल बाहिर भागेर हल अगाडी रहेको खुल्ला चौरमा सबै जना बसे । र २९ गतेका दिन घरमै भूकम्पका बारेमा कम्प्युटरमा समाचार कम्पोज गदै थिए, लगभग समाचार लेखाइ पूरा भइसकेको थियो । इन्टरनेट खोलेर पठाउने तरखरमा थिएँ, त्यही बेला भूकम्पले धक्का दियो ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
मानसिक र शारीरिक दुबै प्रक्रिया एकै साथ सुरु भयो । भूकम्प जाने बितिकै भागा–भाग भने भयो । अनि भागियो।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
यो पृथ्वीको हल्लाइ रोकिने हो कि होइन जस्तो लागेको थियो । कुन चिज कसरी हल्लिइरहेकोछ, अब के हुन्छ, भिडियो रेकर्ड गरौ लागेको थियो ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
सूचना खोज्ने प्रयास गरे, धेरै स्थानमा म आफै पुगे, कतै–कतै प्रहरी प्रशासनबाट सूचना प्राप्त गरे भने व्यक्तिगत टेलिफोन सम्पर्क गरेर पनि सूचना प्राप्त गरे ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immeditely after the quake and the days following it? Please note their strengths as well as weaknesses).
समाचारका माध्यमहरु हरसंभव जानकारी दिन सफल भएका छन । तर सञ्चारकर्मीलाई भूकम्पका धक्काले चिन्दैन । त्यसकारण केही समस्याहरु हुनु स्वभाविक हो । मिडियाका कमजोर पक्ष भन्दा सबल बढी मजबुत रहे । अन्य समाचार भन्दा भूकम्पका समाचारलाई बढी प्राथमिकता दिइयो।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
भूकम्पको एक दुई दिन खुल्ला चौरमा रात बिताए भने पछि सामान्य रुपमा जीवनशैली सुरु भयो । फेरी २९ गते भूकम्प आयो, त्यपछि त्रासको वातावरण सिर्जना भयो । अहिले सम्मपनि थोरबहुत भूकम्पको त्रास कायमै छ ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
फेरी यति बजे यस्तो त्यस्तो ठूलो भूकम्प आउछ भनेर गलत अफवाह ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
घर बनाउदा विशेष ध्यान दिनुपर्छ । धेरै तल्लाको घर बनाउनु हुदैन । यस्ता आइरहेन बिपदमा सहयोगका लागि सबै मानव एकजुट भएर लाग्नु पर्छ । यसबेला बिदेशी चलखेल बढी हुन सकिने संभावनालाई गम्भिरतापूर्वक लिनुपर्छ ।