उमेर (Age):
67
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म त्यति बेला खाना खादै थिए, अचानक झ्याल ढोका बज्न थाल्यो र मेरो living room मा राखेको ठुलो झुमर हल्लिन थाल्यो अनि भागाभाग भयो।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
त्यति बेला त सरिरिक, मानसिक केहि सोच्दै सोचिन नि; खाली नातिनी च्यापें र नातिलाई बोलाउदै बसिरहें।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
अरु केहि सोचिएन, खाली नाती माथि भएकोले उसलाई बोलाईरहें।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
अहँ, दिमाग सुन्य भयो, के गर्ने भनेर केहि सोचिएन, भाग्नु पर्छ भनेर नै बिर्से, पछि मेरो छोराले “मम्मी, किन ननिस्केको?” भनेपछि मात्र निस्किएँ ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
संधै भुकम्प आउंदा सतर्कता र होशियारी अपनाउनु पर्छ भन्ने सबै कुरा थाहा थियो र पनि त्यसबेला त्यस्तो कुरा त कता जाँदो रहेछ, कता !
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
पालमुनिको सुताइ, पटक-पटकको पराकम्पन को महसुस, धरहरा ढल्नु । सबभन्दा ठूलो कुरा भनेको छिमेकीहरुसंग हेलमेल बढ्नु ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
१२ गतेको भूकम्पले हामीले भौतिक संरचना बनाउदा भुकम्प प्रतिरोधी बनाउनु पर्छ भन्ने सिकाएको छ । अहिलेको अब्यबस्थित सहरीकरण र जताततै नियम र कानून मिचेर बनाएका संरचनाहरुले बढी मानवीय क्षति भएको पाइयो । भुकम्प प्रतिरोधी भवन र सहर निर्माण गर्नु पर्दछ भन्ने कुरा सिकाएको छ । मलाई त बैसाख १२ गतेको भुकम्पभन्दा पनि २९ गतेको भूकम्पले बढी तर्साइ राखेको छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।