कोभिड-१९ को खोप कसले, कहिले तयार गर्ने हो, त्यो जनसाधारणको पहुँचमा कहिले पुग्ने हो भन्ने कुरा अहिले सबैको चासोको बिषय रहेको छ। यसबारे अद्यावधिक र भरपर्दो सूचना-समाचार आफ्ना पाठक, श्रोता, दर्शक सामु पुर्याउनु पत्रकारहरुका लागि पनि सर्वाधिक महत्वको जिम्मेवारी बनेको छ।
कतिपय अवस्थामा आधिकारिक स्रोतसम्मको पहुँच वा स्रोतको आधिकारिकता सिद्ध गर्न डेडलाइन रिपोर्टिङमा समयको कमीका कारण खोप सम्बन्धि समाचार अपुरो, भ्रमपूर्ण, र अप्रामाणिक हुन् सक्छन्। त्यस्तै, ट्रयाक गर्ने भिन्न-भिन्न साइटले प्रस्तुत गर्ने सूचना, शैलीमा एकरुपता छैन भने त्यस्ता स्रोत प्रयोग गर्ने रिपोर्टरको लेख-सामग्रीमा तथ्य वा विधि सम्बन्धि कमी-कमजोरी देखा पर्न सक्छन्।
भरोसा गर्न सकिने साइटहरुमा समेत फरक तथ्याङ्क वा विवरण देख्न सकिन्छ। जस्तो कि, खोप परीक्षण बर्गीकरण कसैले तीन चरणमा गरको देखिन्छ (चरण १, चरण २, चरण ३) भने कसैले यी बाहेक प्रि-क्लिनिकल ट्रायल पनि समाविष्ट गरेको पाइन्छ। अपडेट मितिले पनि तथ्याङ्क फरक देखिन सक्छ।
खोपको विकास कार्यमा के-कस्तो प्रगति भैरहेछ भनी ट्रयाक गरिरहेका मध्ये केहि विश्वसनीय र उपयोगी साइट (वर्णानुक्रममा):
Coronavirus vaccine tracker (The New York Times)
दि न्युयोर्क टाइम्सद्वारा प्रकाशित 'कोरोनाभाइरस भ्याक्सिन ट्रयाकर'। अमेरिका र विभिन्न देशहरुमा भैरहेका ट्रायलबारे तालीका, ग्राफिक्स र विवरण समेत।
COVID-19 durgs and vaccine tracker (STAT+)
बोस्टन, अमेरिकास्थित बायोटेक, औषधी, नीति र जीव-बिज्ञान सम्बन्धि कम्पनी स्ट्याट+ (STAT+)द्वारा प्रकाशित। सम्बन्धित कम्पनी, परीक्षण चरण, विवरण (तालीकामा)
COVID-19 treatment and vaccine tracker (Milken Institute, USA)
अमिरेकास्थित मिल्केन इन्सटिच्युटको 'फास्टरक्युर' सेन्टरद्वारा प्रकाशित। विभिन्न स्रोतहरुबाट संकलित उपचार र खोप सम्बन्धि तथ्याङ्कहरु।
COVID-19 vaccine tracker (Canadian and US universities and institutes)
क्यानेडाली र अमेरिकी केहि विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानद्वारा प्रकाशित; आकर्षक र प्रयोगका लागि सहज डिजाइन; गृहपृष्ठमा खोपहरुको मानचित्र, क्लिनिकल ट्रायलमा रहेका खोपहरुको लिस्ट, खोप र टेस्ट बारे जानकारी, आदि।
COVID-19 vaccine development pipeline (London School of Hygiene & Tropical Medicine, UK)
लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनद्वारा प्रकाशित। खोप परीक्षण विवरण, म्याप र समीक्षासमेत।
COVID-19 vaccine and therapeutics tracker (BioRender)
क्यानेडास्थित बैज्ञानिकहरुका लागि दृश्याङ्कन औजार सम्बन्धि कम्पनी बायोरेन्डरद्वारा प्रकाशित। खोप र उपचारबारे तालीका, चार्ट, ग्राफ र विवरणसमेत।
Draft landscape of COVID-19 candidate vaccines (World Health Orgaization -- WHO)
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को अधिकारिक लिस्ट; विचारणीय कुरा, यस दस्ताबेजलाई "ड्राफ्ट" अर्थात् "खेस्रा" भनिएको छ; अर्को अर्थमा, आधिकारिक भैकन पनि यो परिस्कृत डकुमेन्ट होइन। आवधिक रूपमा अपडेट तालीका; पीडिएफमा। तालीकामा प्रत्येक खोपको परीक्षण चरण र मुख्य खोपको पहिचान गरिएको छ।
Global coronavirus COVID-19 clinical trial tracker (Cytel)
क्लिनिकल ट्रायल सम्बन्धि सांख्यिकीय सफ्टवेयर र एनालेटिक्स कम्पनी साइटेल (Cytel)द्वारा प्रकाशित। बिभिन्न देशहरु (नेपाल समेत)मा भैरहेका ट्रायलहरु सहित मानचित्र।
National and regional clinical trial registries (NLM, USA)
नेशनल लाइब्रेरी अफ मेडिसिन (अमेरिका) द्वारा प्रकाशित; कोविड-१९ लगायत अन्य बिभिन्न रोघव्याधी सम्बधि अमेरिका र अन्य देशमा गरिएका ट्रायलहरुबारे तथ्याङ्क-विवरण।
COVID-19 trials tracker (Oxford University, UK)
अक्सफोर्ड विश्वविद्यालय, लन्डनद्वारा प्रकाशित। बिभिन्न ट्रायल, तिनका स्पोन्सर र मिति समेत तालीकामा।