कोभिड-१९ले नेपाली महिला पत्रकारमा पारेको विषाद असरबारे कमै चर्चा हुने गरेको छ। महामारीको क्रममा उनीहरुले भोग्नु परेको आर्थिक, स्वास्थ्य सम्बन्धि र मनोसामाजिक पक्षहरुका साथै उनीहरुप्रतिको विभेदपूर्ण व्यवहारबारे कल्पना भट्टराईको आलेख।
कोरोना कहरमा जागिर गुमाएकाहरुबारे कभर-स्टोरी लेख्नका लागि उनी उपयुक्त पात्रहरुको खोजीमा थिइन् । ती पात्रको कथा-व्यथा शब्दमा उतार्न नपाउँदै उनी आफैँ त्यस कथाको पात्र बन्न पुगिन् । अर्थात उनी आफैँले जागीर गुमाइन् ।
मनले खाएको पेशा थियो, पत्रकारिता । यो पेशामा आउनकालागि उनले आर्कषक तलब पाइरहेको जागीर समेत छाडेकी थिइन्। तर, जुन पेशालाई मुख्य पेशा बनाएर सम्पूर्ण समय खर्चिन्, त्यही पेशामा रिपोर्टिङ गरेको कुरा ल्यापटममा उर्तान नपाउदै जागीरबिहिन बन्नुपर्यो ।
कोभिड-१९ को कारण देखाउदै अन्नपूर्ण पोष्टको सहप्रकाशन सम्पूर्ण साप्ताहिक साउनको दोश्रो साताबाट बन्द भएपछि सिर्जना खड्काले पाँच बर्ष अगाडिको त्यो आर्कषक जागीर सम्झिइन् जसलाई छाडेर उनी पत्रकारितामा होमिएकी थिइन । उनलाई पत्रकारिता पेशा अंगालेकोमा अहिले पछुतो लागिरहेको छ ।
अहिले पेशाप्रति नै बितृष्णा जागेको छ । भन्छिन्, “कोरोना कहरमा आफ्नो ज्यानलाई जोखिममा राखेर फ्रन्टलाइनमा खटे पनि संकटका बेला मिडिया मालिकले उल्टै पेटमा लात हान्ने रैछन्, सबैभन्दा बढी आवश्यकता रहेका वेलामै जागिरबाट निकालिंदा सोच्न बाध्य भएकी छु ।” उनको प्रश्न छ, “पत्रकारितामा भविष्य सुनिश्चित छ त ?”
चीनको वुआनबाट सुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि बढ्न थालेपछि सरकारले गत बर्षको चैत ११ मा लकडाउन घोषणा गर्यो । त्यसपछि उनको कार्यालयले पनि ‘वर्क फ्रम होम’ सुरु गर्यो । रिपोर्टिङको लागि हरेक साता फेसबुकको म्यासेन्जरमा मिटिङ हुने गथ्र्यो ।
“त्यस्तो बेलामा ‘पत्रकारितामा लागेर के-के न गर्छु भन्थी’ भन्ने आफन्तहरु भेटिए … मिडिया हाउसले जतिवेला पनि पत्रकारलाई निकाल्ने रहेछन् । अब पत्रकारितामा केही गर्छु भन्ने आत्मविश्वास मात्रै घटेन, पत्रकारिता पेसाप्रति नै वितृष्णा जागेको छ ।”
उनको भनाइमा ‘वर्क फ्रम होम’मा काम तीन गुणाले थपियो । तीन गुणाले थपिएको कामको तलब भने आधा मात्रै थियो । त्यो पनि डेढ महिनामा मात्रै आउँथ्यो । सरसापटी गरी जेनतेन घरभाडा तिरिन र घरखर्च पनि चलाइन् ।
वर्क फ्रम होम भएपछि एउटा सानो कोठालाई अफिस बनाएर काम गर्नुपर्ने बाध्यता आयो उनलाई । भाइ, बहिनी र उनको घर त्यही कोठा थियो । कोठामा नेट थिएन । आधा तलबमा डाटा लिने कि भाडा तिर्ने ? नेटका लागि छिमेकीको घरमा जानु पथ्र्यो ।
दस रुपैयाँको मास्कको भरमा फिल्डमा गएर रिपोर्टिङ गर्नुको बाध्यता छुट्टै थियो । घरबाट काम गर्न त सजिलो हुन्छ भनेर अफिसले काम धेरै थपिदिन्थ्यो तर, ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ’ भनेजस्तै घरबाट काम गर्नुका दुःख उनलाई मात्रै थाहा थियो ।
काम गर्न निकै गाह्रो भएपछि उनले नयाँ कोठा खोजिन् । त्यो कोठामा भाडा दोब्बर तिर्नुपर्ने भयो । जसोतसो नेटको व्यवस्था पनि गरिन् । तर, कोठा सरेको हप्ता दिन नबित्दै जागिर गयो । उनीसँगै काम गर्ने संगिता श्रेष्ठ र अस्मिता खड्काले पनि कामबिहिन बन्नु पर्यो । “त्यस्तो बेलामा ‘पत्रकारितामा लागेर के-के न गर्छु भन्थी’, भन्ने आफन्तहरु भेटिए’, सिर्जना सुनाउन्छिन्, “मिडिया हाउसले जतिवेला पनि पत्रकारलाई निकाल्ने रहेछन् । अब पत्रकारितामा केही गर्छु भन्ने आत्मविश्वास मात्रै घटेन, पत्रकारिता पेसाप्रति नै वितृष्णा जागेको छ ।”
उनको मात्रै होइन, टेलिभिजन र अनलाइन पत्रिकामा काम गर्दै आएका तीनजना पत्रकार महिलाले पनि लकडाउमै जागिर गुमाए । छोराछोरी सहित भाडामा बसेका उनीहरूको जागिर गएपछि दैनिकी गुजारा गर्न समस्या भयो । पत्रकारिता नै छाड्ने निर्णयमा पुगेका छन् उनीहरु । लकडाउनले विज्ञापनको बजार घटेको भन्दै सञ्चारगृहले समयमा तलब नदिएपछि र जागिरबाट निकालेपछि छोराछोरी भएका, सुत्केरी, भर्खर राजधानी पसेका पत्रकार महिला निकै समस्यामा परेको छन् ।
श्रमजीवी पत्रकारको जागिर कुनवेला जान्छ निश्चित छैन् । विगतमा पनि नियमित पारिश्रमिक नपाइरहेका पत्रकारलाई कोरोनाको त्रासभन्दा जागिर जाने मानसिक त्रास बढी छ । अरू पेसाका श्रमजीवीले पारिश्रमिक नपाइरहेको अवस्थामा समाचार लेख्ने पत्रकार पनि यसरी समस्यामा छन् । सपनाको खेती गर्न राजधानी पसेका ‘भाडावाल’ पत्रकार महिलाको जागिरै गएपछि मानसिक तनावमा दैनिकी गुज्रिरहेको माथिका घटनाबाट पनि पुष्टि हुन्छ ।
जागिर अन्योलमा
जागीर गुमाएकाको मात्रै होइन, आधा तलबमा काम गर्नुपर्ने पत्रकारका समस्या पनि उस्तै छन् । काठमाडौंको एक प्रतिष्ठित मिडियामा कार्यरत एक पत्रकार महिलाले लकडाउन सुरु भएको पहिलो महिनाबाट आधा तलबमा काम गर्नु पर्यो । आठ बर्ष देखि सोही मिडियामा कार्यरत भएपनि संकटका बेला अफिसले आधा तलब दिएपछि उनलाई यो पेशा नै छाडौं जस्तो भयो ।
हुन त पहिला पनि नियमित थिएन । कोरोनाको कहर सबैतिर गज्जबको बहाना बनिरहेका बेला मिडिया संचालकका लागि यो झन 'उत्सव' जस्तै बनिदियो । उनी भन्छिन्, “अफिसले सिधै बेतलवी विदामा बस्न त भनेन तर त्यही आधा तलब पनि समयमा दिएन ।” बिट पत्रकारिता गर्ने हुँदा उनको जिम्मेवारी र स्रोतसम्मको पहुँच उल्लेख्य छ र जागिरबाट हटाइहाल्दा मिडिया संचालकलाई हानी छ ।
घर भित्र बसेर काम गरेपनि रिपोर्टिङमा उनलाई धेरै समस्या भएन । तर, उनलाई अफिसले दिएको तलबले कोठा भाडा तिर्न र खर्च धान्न समस्या भयो । भन्छिन्, “कति बेला जागीर जाने हो ग्यारेण्टी छैन्, तनावमा काम गर्नु परिरहेको छ ।”
अफिसको काम गर्नकालागि आफूले बचत गरेको पैसा रित्याएर ती समानको जोह गरिन् । भन्छिन्, “बचत गरेको पैसाले ल्याप्टप र इन्टरनेट जोडें, अफिसले काम गरेको तलब समेत समयमा दिएन ।” उनले उक्त समाचार माध्यममा ३ बर्षदेखि काम गर्दै आएकी हुन्। अब यो पेशालाई नै छाड्ने निर्णयमा पुगेको बताउछिन् ।
काठमाडौंको अनलाइनमा कार्यरत एक पत्रकार महिला तलब समयमा नआउदा मानसिक तनावमा छिन् । दुई महिनामा एक पटक आउने तलब उनलाई कोठा भाडा, घर खर्च र इन्टरनेटको पैसा पनि तिर्न पुग्दैन । समाचार लेख्ने र अनलाइनमा पोष्ट पनि गर्ने गर्छिन् । लकडाउन सुरु भएपछि उनको पनि ‘वर्क फ्रम होम’ सुरु भयो ।
कोठामा ल्याप्टप र इन्टरनेट थिएन । अफिसको काम गर्नकालागि आफूले बचत गरेको पैसा रित्याएर ती समानको जोह गरिन् । भन्छिन्, “बचत गरेको पैसाले ल्याप्टप र इन्टरनेट जोडें, अफिसले काम गरेको तलब समेत समयमा दिएन ।” उनले उक्त समाचार माध्यममा ३ बर्षदेखि काम गर्दै आएकी हुन्। अब यो पेशालाई नै छाड्ने निर्णयमा पुगेको बताउछिन् ।
राजधानीकै एक आर्थिक पत्रिकामा अर्थ व्यूरोमा कार्यरत एक महिला पत्रकारको पनि पीडा उस्तै छ । अफिसले अहिले समयमा तलब नदिने र लेखेका राम्रा समाचार समेत नछाप्ने र रोस्पोन्स पनि राम्रोसँग नगर्ने गरेको उनी गुनासो गर्छिन् । “संकटका बेला सहज व्यवहार गर्नुपर्नेमा उल्टै मानसिक तनाव दिने गरेका छन्”, उनले भनिन् ।
महिला पत्रकारका आफ्नै समस्या हुन्छन् । विवाहित पत्रकार महिलाले छोराछोरी र घर परिवार सबै हेर्नुपर्ने हुन्छ । अफ्ठ्यारोको बावजुत पनि उनीहरुले काम गरिरहेका छन् । छोराछोरी र परिवारका आवश्यकता सीधै महिलासँग ठोक्किने हुँदा पत्रकार महिलाहरूमा मनोवैज्ञानिक त्रास बढेको छ ।
अफिसले सफ्टवेयर मार्फत घरबाटै हाजीर गर्न मिल्ने व्यवस्था मिलाए पनि धेरै पटक हाजीर नलिएको सुनाउछिन् । एघार बर्ष देखि उक्त अफिसमा कार्यरत भएपनि उनी भन्दा जुनियरलाई प्रमोशन गरेको उनको गुनासो छ । रातदिन मिहेनत गरेपनि अफिसले सुरुबाटै उनी लगाएत पत्रकार महिलालाई बाइपास गर्दै आएको बताउछिन् । भन्छिन्, “संकटका बेला मालिकले गर्ने व्यवहारले पत्रकारिता पेशाप्रति नै वितृष्णा जागेको छ ।”
महिला पत्रकारका आफ्नै समस्या हुन्छन् । विवाहित पत्रकार महिलाले छोराछोरी र घर परिवार सबै हेर्नुपर्ने हुन्छ । महिलालाई घरमा बसेर काम गर्न अफ्ठ्यारो हुने गरेको छ । अफ्ठ्यारोको बावजुत पनि उनीहरुले काम गरिरहेका छन् । छोराछोरी र परिवारका आवश्यकता सीधै महिलासँग ठोक्किने हुँदा पत्रकार महिलाहरूमा मनोवैज्ञानिक त्रास बढेको छ ।
फिल्डमा खट्दा संक्रमण
कान्तिपुर टेलिभिजनकी ४१ बर्षिया रमा दाहाललाई रिपोर्टिङका लागि फिल्डमा खटेको अवस्थामा कोरोना संक्रमण भयो । धुलिखेल नगरपालिका वडा नं. ४ छापगाँउ बस्ने दाहालले श्रव्य-दृश्य सामग्री संकलन गर्न फिल्डमै पुग्नु पर्ने हुँदा उनलाई ‘वर्क फ्रम होम’ गर्न मिलेन ।
टेलिभिजनका लागि रिपोर्टिङ गर्दा स्रोत नजिकै बसेर कुरा गर्नुपर्ने भएकाले पनि स्रोतहरुले कुरा गर्न तर्किने गर्दा समस्या हुने गरेको उनको अनुभव छ । रिपोर्टिङ गरेर फर्किंदा पत्रकार कोरोना बोकेर आउँछन् भनेर छिमेकी समेत तर्किने गर्थे । भन्छिन्,” कोरोना संक्रमण भएपछि घरका तीन छोरालाई पनि संक्रमण भयो ।”
तेह्र बर्ष देखि कान्तिपुर टेलिभिजनको काभ्रे संवावदाता भएर काम गरेकी उनले भिडियो खिच्ने, सम्पादन गर्ने र स्क्रिप्ट लेख्ने सबै काम आफैं गर्छिन् । जिल्ला संवाददाता सबैले यो काम गर्नुपर्छ । धेरैले उनलाई मिहेनती र उत्कृष्ट समाचार-रिपोर्ट तयार गर्ने पत्रकारको रूपमा चिन्छन्। मास्क र पन्जाको भरमा भीडमा रिपोर्टिङ गर्न जाँदा संक्रमणको जोखिम अत्याधिक हुने गरेको उनी बताउछिन् । भिडियो खिच्न र अन्तर्वार्ता लिन अफ्ठ्यारो हुने हुँदा लगाएको मास्क र पन्जा समेत खोल्नु परेको उनको भनाइ छ ।
टेलिभिजनका लागि रिपोर्टिङ गर्दा स्रोत नजिकै बसेर कुरा गर्नुपर्ने भएकाले पनि स्रोतहरुले कुरा गर्न तर्किने गर्दा समस्या हुने गरेको उनको अनुभव छ । रिपोर्टिङ गरेर फर्किंदा पत्रकार कोरोना बोकेर आउँछन् भनेर छिमेकी समेत तर्किने गर्थे । भन्छिन्, “कोरोना संक्रमण भएपछि घरका तीन छोरालाई पनि संक्रमण भयो ।”
कोरोनाको 'स्टिगमा' महिला पत्रकारले पनि भोग्नु परेका उदाहरण छन् । कोरोना संक्रमित भएपछि तनाव भोग्नु पर्यो । अस्पतालबाट ठीक भएर फर्किदा छिमेकी र आफन्तले गर्ने व्यवहार नै परिवर्तन भयो । गाँउमा कोरोना संक्रमण फैलाएको आरोप समेत खेप्नु पर्यो ।
उनलाई भने समयमा तलब आउछ कि आउदैन भन्ने तनावमा काम गर्नु परेको छैन । कान्तिपुर टेलिभिजनले घरमै इन्टनेट जोडिदिएको छ । दाहाल भन्छिन्, “तलब पनि दिएको छ, अनावश्यक तनाव दिएको छैन् ।” कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर दैनिकले आफ्ना कतिपय पत्रकारलाई बेतलबी बिदामा राखेको बेला यस ग्रुपको टेलिभिजनले भने बर्षिक उत्सवमा सबै पत्रकारलाई आधा महिनाको बोनस समेत दिएको बताइन्छ ।
कोरोनाको 'स्टिगमा' भने अन्य महिला पत्रकारले पनि भोग्नु परेका उदाहरण छन् । कपिलवस्तुको एउटा मिडियामामा काम गर्ने पत्रकार सरिता थारुले कोरोना संक्रमित भएपछि तनाव भोग्नु पर्यो । अस्पतालबाट ठीक भएर फर्किदा छिमेकी र आफन्तले गर्ने व्यवहार नै परिवर्तन भयो । गाँउमा कोरोना संक्रमण फैलाएको आरोप समेत खेप्नु परेको थारु बताउछिन् ।
भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कपिलवस्तुमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको थियो । पत्रकारहरु कोरोनाको प्रवाह नगरी नागरिकलाई सूचना प्रवाह गरिरहेका थिए । थारु पनि टेलिभिजनका लागि स्थलगत रिपोर्टिङमा खटेकी थिइन । भन्छिन्, “पत्रकारिताको धर्म निर्वाह गर्ने क्रममा संक्रमित हुन पुग्दा समाजले तल्लो स्तरको व्यवहार गर्यो।”
उनी संक्रमित भएपछि उनको घरपरिवार र माइतीले समेत सामाजिक दुव्र्यवहार भोग्नु पर्यो । छिमेकी र आफन्तहरु उनको घरको बाटो समेत हिंड्न छाडे । उनी भन्छिन्, “परिवारलाई गाँउको धारामा गएर पानी भर्न समेत दिइएन, यो भन्दा दुखद् कुरा अरु के होला?”
पत्रकार पार्वती पाण्डेयले कोरोना संक्रमित नहुँदा पनि मानसिक तनाव भोग्नु पर्यो । पत्रकारहरु बाहिर जान्छन् र कोरोना बोकेर आउछन् भनेर छिमेकी र आफन्त समेत उनको नजीक पर्न डराए । घरमा चाहिने सर-सामान किन्न जान पनि समस्या भयो । “यी कुराहरुको प्रवाह नगरी म निरन्तर रिपोटिङमा खटें,” उनी भन्छिन् । लकडाउन यता उनले तीन महिनाको तलब समेत पाएकी छैनन् ।
उनी रिपोर्टिङकै क्रममा संक्रमित भइन्। अफिसले तीन महिला बेतलवी बिदामा राख्यो । पछि आधा तलबमा अफिसमा गएर पुरै काम गर्नुपर्यो । श्रीमान पनि संगै काम गर्ने। अफिसले दुबै जानालाई तलब दिन नसक्ने भन्दै उनलाई लामो समय बिदामा राखिदियो । भन्छिन्, “काम गर्दा दुबैलाई कोरोना संक्रमण भयो तर, अफिसले विभेद गर्यो।"
बिना तलब र मानसिक तनावमा काम गर्नु परेपनि उनी पेशा परिर्वतन गर्ने पक्षमा भने छैनन् । उनलाई पत्रकारितामा भविष्य छैन् भन्ने पनि थाहा छ । पन्ध्र बर्षदेखि उनी पत्रकारितामा आवद्ध छिन् ।
बुटवलबाट प्रकाशित दैनिक पत्रमा कार्यरत पत्रकार पूजा पन्थि, २४, रिपोर्टिङकै क्रममा संक्रमित भइन्। अफिसले लकडाउन भएपछि तीन महिला बेतलवी बिदामा राख्यो । साउन १ गतेबाट आधा तलबमा अफिसमा गएर पुरै काम गर्नुपर्यो । उनका श्रीमान प्रदिप आर्चाय पनि उक्त पत्रिकामा काम गर्छन् । श्रीमान पनि सँगै काम गर्ने भएकाले अफिसले दुबै जानालाई तलब दिन नसक्ने भन्दै उनलाई लामो समय बिदामा राखिदियो । उनी भन्छिन्, “काम गर्दा दुबैलाई कोरोना संक्रमण भयो तर, अफिसले विभेद गर्यो।’
नेपाल पत्रकार महासंघको हालैको तथ्यांक अनुसार देशभरका ४ सय पत्रकारलाई रिपोर्टिङका क्रममा कोरोना संक्रमण भएको छ । त्यसमध्ये महिलाको संख्या ८० रहेको छ ।
कपिलवस्तु घर भए पनि उनी बुटवलको सुख्खानगरमा भाडामा बस्दै आएकी छन् । दुवै जना पत्रकार भएकाले अहिले उनीहरुको नियमित आय घटेको छ । पन्थि भन्छिन्, “अफिसले दिएको तलबले कोठा भाडा तिर्न र दैनिक खर्च चलाउन मुस्किलले पुगेको छ ।” कोरानाले पत्रकारिता पेशा संकटमा पर्दा जागिर गए के गर्ने भन्ने त्रासमा छिन् । नेपाल पत्रकार महासंघको हालैको तथ्यांक अनुसार देशभरका ४ सय पत्रकारलाई रिपोर्टिङका क्रममा कोरोना संक्रमण भएको छ । त्यसमध्ये महिलाको संख्या ८० रहेको छ ।
निशानामा महिला
सञ्चारगृहले विभिन्न बहानामा बेतलवी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने र जागिरबाट निकाल्ने जस्ता कार्यको निशानामा पर्ने गरेका छन् महिला पत्रकारहरु । पत्रकार तथा लैंगिक बिश्लेशक आरती चटौतका अनुसार सञ्चारगृहमा काम गर्ने धेरै पत्रकार महिलाहरुलाई 'सफ्ट इश्यु'मा काम गर्न लगाइन्छ । त्यो बिषय सञ्चारगृहको रुची र प्रथामिकतामा हाल नरहेकोले पनि महिलाहरु निशानामा पर्ने गरेका हुन् ।
पत्रकार माहासंघसंग शेयरकाष्ट नेपालले पत्रकारिता क्षेत्रमा कोभिड-१९ ले पारेको प्रभावका बिषयमा गत श्रवाणमा गरेको प्रारम्भिक सर्वेक्षणमा ४० प्रतिशत भन्दा बढी पत्रकारको पेशा तथा आम्दानीमा माहामारी र लकडाउनले प्रत्यक्ष असर पारेको देखाएको छ । यस्तो असर पुरुष पत्रकारको तुलनामा महिला पत्रकारमा बढी परेको भनिएको छ ।
जम्मा ३ं.९ प्रतिशत पत्रकारले लकडाउन भएपछि जागिर गुमाएको सर्वेक्षणले देखाएको छ, जसमध्ये धेरैलाई संस्थाले नै अवकाश दिएको छ । केहीले काम गर्ने वातावरण नभएकाले संस्था छाडेका छन् । त्यस्तै लकडाउनको अवधिमा १५.९ प्रतिशत पत्रकारलाई सञ्चार गृहले ‘वर्क फ्रम होम’ आर्थात घरबाट काम गर्न भनेका थिए । सञ्चारगृहले पुरुष पत्रकार भन्दा पनि महिला पत्रकारलाई घरमै बसेर काम गर्न भनेका थिए ।
कोभिड-१९ ले पत्रकारितामा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । तथ्यांकअनुसार ५.९ प्रतिशत पत्रकारलाई सञ्चारगृहले बेतलवी बिदामा बस्न भनेको देखिन्छ । यस्तै ८.६ प्रतिशत पत्रकारको पारिश्रमिकमा कटौती भएको छ, ७.४ प्रतिशतको कार्यसमय र तलब दुवै घटेको छ । र, १९.७ पत्रकारले नियमित रुपमा तलब पाएका छैनन् ।
बेतलबी विदामा राखिएका र नियमित तलब नपाएका पत्रकारको अनुपातमा प्रदेश नं २ मा सबैभन्दा धेरै छन् । त्यहाँ १३ प्रतिशत पत्रकार बेतलबी विदामा रहेको र ३०.२ प्रतिशत पत्रकारले नियमित तलब पाएका छैनन् । त्यसैगरि देशभर बेतलबी बिदामा रहेका पत्रकार मध्ये पुरुषको तुलनामा महिलाको अनुपात दुई गुणा भन्दा भएको सर्वेक्षणले देखाउछ । बिदामा बस्न भनिएका सबै पत्रकार महिलालाई बेतलबी बिदा दिइएको छ ।
तलब कटौती गरिएका पत्रकारमा पनि पुरुषको तुलनामा महिलाको संख्या ५० प्रतिशतले बढी छ । नेपाल पत्रकार महासंघका अनुसार देशभर पत्रकारको संख्या १३ हजार ५ सय छन्, जसमध्ये महिलाको संख्या २५ प्रतिशत अर्थात् २ हजार तीन सय ५४ मात्रै छ ।
कान्तिपुर मिडिया गृपले कोरोनाको कारण देखाएर २५ बर्ष देखि प्रकाशन गर्दै आएको साप्तिाहक, नारी र नेपाल म्यागजिनको प्रकाशन स्थगित गरेर त्यहाँ कार्यरत ५५ पत्रकार र कर्मचारीलाई बेरोजगार बनाएको थियो । त्यहाँ ८ जना महिला पत्रकार कार्यरत थिए ।
असार ११ मा उक्त प्रकाशन बन्द गरेको जानकारी गराइएको थियो। महिलाको सवालमा समाचार प्रकाशन गर्ने एक मात्र म्यागजीन थियो, नारी । त्यो पनि बन्द गरिएको थियो । तर, अहिले सिमित पत्रकार मात्रै राखेर प्रकाशन सुरु गरिएको छ । उक्त पत्रिकाले पनि पुरुषको तुलनामा बढी महिला पत्रकारलाई बेतलबी बिदामा राखेको थियो ।
राष्ट्रिय स्तरमा नाम चलेका छापा र टेलिभिजनमा कार्यरत पत्रकारले पनि नियमित तलब नपाएको गुनासो गर्दै आएका छन् । तर, खुलेर भने कोही पनि यो कुरा बाहिर ल्याउन चाहँदैनन् । जिल्लामा सञ्चालित एफएम रेडियो र पत्रिकामा कार्यरत पत्रकारहरुको हालत पनि उस्तै छ ।
राष्ट्रिय र स्थानीय सञ्चारगृहमा आबद्ध लुम्बिनी प्रदेशका करिब २५ प्रतिशत पत्रकारले ‘फोर्स्ड लिभ’ का नाममा बेरोजगार हुनुपरेको छ । त्यसमा महिलाको संख्या बढी छ । स्थानीय कतिपय मिडियामा कार्यरत महिला पत्रकारलाई बिदामा राखिएको छ ।
सञ्चारगृह संकटमा पर्दा सबै भन्दा बढी मर्कामा महिला पत्रकार परेका छन् । लुम्बिनी प्रदेशमा पनि बेतलबी बिदा, तलब कटौती र जागिरबाट निकाल्ने सञ्चारगृहको प्रथामिकतामा महिला बढी परेको देखिएको छ।
कान्तिपुरकी पत्रकार अमृता अनमोल कोरोना महामारीले पत्रकारिता क्षेत्रलाई ठूलो चुनौती थपिदिएको बताउछिन् । महिलाले बच्चा र परिवारको स्वाथ्यलाई जोखिममा राखेर फिल्ड रिपोर्टिङमा खट्नु परेको उनको भनाइ छ । बेतलबी बिदामा बस्न बाध्य गराइएका र कामबाट निकालिएका पत्रकार महिलालाई राहत दिनकालागि प्रदेश सरकार र पत्रकार महासंघले कार्यक्रम ल्याउनु पर्ने अनमोल बताउछिन् ।
प्रदेश पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष मौसम रोकाका अनुसार सञ्चारगृह संकटमा पर्दा सबै भन्दा बढी मर्कामा महिला पत्रकार परेका छन् । लुम्बिनी प्रदेशमा पनि बेतलबी बिदा, तलब कटौती र जागिरबाट निकाल्ने सञ्चारगृहको प्रथामिकतामा महिला बढी परेको देखिएको अध्यक्ष रोका बताउछन् । कोभिडले रोजागरी संकटमा पारेपछि प्रदेशका पत्रकारलाई राहत दिनका लागि प्रदेश सरकारसँग समन्वय गरेर योजना बनाइएको उनको भनाइ छ ।
बुटवलमा महिलाहरुले मात्रै सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिलाई ११ जना पत्रकार तथा कर्मचारी पाल्न समस्या परेपछि लकडाउनमा चार जनालाई बिना तलब विदामा राखियो। बाकीँलाई आधा तलबमा काममा खटाइयो । प्रसारण अवधि पनि घाटाइयो ।
कोभिडका कारण सबै सञ्चारगृह संकट उत्पन्न भएका बेला उक्त रेडियो पनि त्यसबाट अछुतो हुन सकेन ।
सरकारले महिलाहरुले खोलेका उद्योगको नविकरण र ऋणमा सहुलियत दिने भएपनि महिलाहरुले खोलेका साञ्चारगृहलाई कुनै सहुलियत दिएको देखिदैन । न त कुनै प्रोत्साहन नै गरिन्छ जबकि मिडियालाई पनि उद्योग मान्यता दिइएको छ।
उक्त रेडियोकी स्टेशन म्यानेजर कल्पना न्यौपाने-तिवारी महिलाले चलाएको रेडियो भएपनि नविकरण र कर छुट नपाएको बताउछिन् । प्रदेश सरकारले महिला लक्षित कार्यक्रम ल्याएपनि महिलाकै मुद्दामा काम गर्ने सञ्चारगृहलाई समेट्न सकेको छैन। "सरकार र पत्रकारसंग सम्बन्धित संघसंस्थाले संकटमा परेका सञ्चार गृहलाई राहत दिने कार्यक्रम ल्यानुपर्छ," उनी भन्छिन्, “८० प्रतिशत विज्ञापन घटेको अबस्थामा सञ्चारगृह नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।” २०६५ सालमा स्थापित रोडियो मुक्ति लुम्बिनी प्रदेशमै महिलाहरुले संचालन गरेको एक मात्र स्टेशन हो । उक्त रेडियोमा महिला मात्रै कार्यरत छन्।
लैगिंकमैत्री अभ्यासको खाँचो
लामो समयदेखि रोग, भोक र परिवारको समेत बेवास्ता गरी संस्थाको भलाइका लागि काम गरेको संस्थाबाट संकटका वेला गलहत्याईंदा सबैभन्दा ठूलो धक्का स्वाभिमानमा पर्ने र यही ‘स्वाभिमान’ जोगाउने नाममा पत्रकार महिलाले आफूमाथि भएको अन्यायविरुद्ध खुलेर विरोध गर्न नसकेको पत्रकार निर्मला शर्मा बताउछिन् ।
पुरुष पत्रकारको संगत मिडिया मालिकदेखि नेता, व्यवसायीसँग हुने गरेको छ । त्यसकारण उनीहरूलाई हत्तपत्त आर्थिक संकट पर्दैन । महिलालाई ठीक उल्टो हुन्छ । पत्रकार महिलाको वैकल्पिक काम नै छैन । दोस्रो पेसाको कसैसँग कामकै लागि हिँड्दा पनि चरित्रमा प्रश्न उठाइदिने भएकाले वैकल्पिक काम गर्न सक्दैनन् ।
महिला पत्रकार जुनसुकै वेला, सजिलै प्राप्त गर्न सकिने सस्ता कामदार हुन् भन्ने सोचबाट ग्रसित हुँदा पनि उनीहरु प्रथामिकतामा पर्न नसकेको बताउछिन् सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित। पारिवारिक जिम्मेवारी, बढ्दो बोझ र कार्यशैलीको परिवर्तनले गर्दा पत्रकार महिलालाई काममा चुनौती बढेको छ । र, कोभिडका कारण चुनौती झन थपिएको छ ।
पुरुष पत्रकारको संगत मिडिया मालिकदेखि नेता, व्यवसायीसँग हुने गरेको छ । त्यसकारण उनीहरूलाई हत्तपत्त आर्थिक संकट पर्दैन । महिलालाई ठीक उल्टो हुन्छ । पत्रकार महिलाको वैकल्पिक काम नै छैन । दोस्रो पेसाको कसैसँग कामकै लागि हिँड्दा पनि चरित्रमा प्रश्न उठाइदिने भएकाले वैकल्पिक काम गर्न सक्दैनन् ।
पण्डित भन्छिन्, “पत्रकार महिलालाई टिकाउनका लागि काम गर्ने वातावरण राम्रो र पारिश्रमिकममा समानता हुनुपर्छ ।” तर, संकटकै बेला पत्रकार महिलालाई बेतलबी बिदामा राख्ने र कामबाट निकाल्ने गरिएको छ । अब प्रत्येक सञ्चारगृहले लैंगिक समानताका साथ अघि बढ्नकालागि रणनीति बनाउने काममा ढिला गर्न नहुने उनको तर्क छ ।
पत्रकार महिलाले त्यसै पनि विभिन्न चुनौतीको सामना गर्दै काम गरिरहेका वेला जागिरबाटै निकालिएपछि पत्रकारितामा उनीहरूको ‘करिअर’ नै ठप्प भई जीविकोपार्जनको समस्या थपिएको छ । यस्तै, महिला पत्रकारलाई टिकाउनकालागि सञ्चारगृहरुमा लैगिंकमैत्री सञ्चार निर्देशिका लागु गर्नुपर्ने बताउछन पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय ।
पत्रकारसंग सम्बन्धित संघसंस्थाहरुले पत्रकार महिलाकालागि क्षमता अभिवृद्धि, लेखनवृति र सञ्चार सम्रागी उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । उनी भन्छन्, “यसका लागि दिर्घकालीन योजना बनाउनुपर्छ र पत्रकार स्वयमले पनि क्षमता बढाउनु आवश्यक छ ।”
श्रमजीवी पत्रकार ऐनको दफा २१ (२) र दफा २३ मा सञ्चार संस्था बन्द हुँदा वा सम्बन्धित सञ्चार संस्थाले पत्रकार वा कर्मचारीको जागिर छुटाउदा सम्बन्धित पत्रकारलाई तीन महिनाअघि नै सूचना दिनुपर्ने, पत्रकारलाई बिदा गर्दा दिनुपर्ने पारिश्रमिक, सेवासुविधाको हिसाबकिताब सबै चुक्ता गर्नुपर्ने व्यवस्था छ । अहिले जागिर खोसिएका पत्रकारहरूको हक अधिकार सुरक्षित गर्न सरकारको सम्बन्धित निकायले आवश्यक कारबाही गर्नुपर्ने प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलाल बताउछन् ।
अरुको अन्याय उजागर गर्ने पत्रकार आफूमाथि भएको अन्याय लुकाउन बाध्य छन् । किनकि, "मलाई निकाल्यो" भनेर खुलासा गर्यो भने आफ्नो प्रतिष्ठामा आँच आउने चिन्ता उनीहरुमा देखिन्छ । अर्को संस्थाले ‘त्यो त त्यहाँबाट निकालिएको, पक्कै खराब होला’ भनेर निश्कर्ष निकालिदियो भने जागिर पाउनै मुस्किल होला भन्ने त्रास छ ।
अरुको अन्याय उजागर गर्ने पत्रकार आफूमाथि भएको अन्याय लुकाउन बाध्य छन् । किनकि, "मलाई निकाल्यो" भनेर खुलासा गर्यो भने आफ्नो प्रतिष्ठामा आँच आउने चिन्ता उनीहरुमा देखिन्छ । अर्को संस्थाले ‘त्यो त त्यहाँबाट निकालिएको, पक्कै खराब होला’ भनेर निश्कर्ष निकालिदियो भने जागिर पाउनै मुस्किल होला भन्ने त्रास भएकाले पत्रकारले आफू बिरुद्ध भएको अनन्याय बिरुद्ध बोल्न सकेका छैनन् ।
न्यून संख्यामा रहेका महिला जागिरबाट निकालिनु भनेको पत्रकारितामा महिलाको खडेरी परे जस्तै भएको बताउछन् सञ्चार विज्ञ तथा प्राध्यापक पी. खरेल । सञ्चारगृहसँग महिलाको संख्या बढाउने र उनीहरूलाई सम्पादकीय तहसम्म पुर्याउने कुनै नीति र लक्ष्य नरहेको उनको बुझाइ छ । यस्तो अवस्थामा जसोतसो पत्रकारितामा टिकिरहेका महिलालाई पेसाबाटै विस्थापित हुने वातावरण बनाइदा महिलाको संख्या घट्ने उनको तर्क छ ।
“पुरुषहरुले मात्रै खोजेका र पस्किएका सञ्चारसमाग्री मिडियामा देख्न सकिन्छ, त्यसैले मिडियाका छापिने बिषय समावेशी हुदैनन्,” उनले भने ।
कोरोना कहरमा जागिरबिहीन बन्न पुगेकाहरुको ‘कभर-स्टोरी’ लेख्दा-लेख्दै सम्पूर्ण पत्रिकाकी खड्का कामबिहीन बन्न पुगेको कटु अनुभव जति विषादपूर्ण छ त्यो उत्तिकै सामान्य पनि बन्दै गैरहेको छ। मेरो आफ्नै अनुभव खास फरक छैन। उनीजस्तै जागीर गुमाएकाहरुको कथा-व्यथा शब्दहरुमा उन्दाउन्दै म पनि केहि मनिहा अघिनै जागीरबिहीन बन्न पुगें ।
यो सामग्री मिडिया फाउण्डेसनको कोभिड-१९ मिडिया आउटरीच कार्यक्रमअन्तर्गत ह्युम्यानिटी युनाइटेडको सहयोगमा तयार गरिएको हो । लेखमा व्यक्त गरिएका दृष्टिकोण लेखकका हुन् ।