विभिन्न सरोकारवाला संस्थाहरुले प्रकाशित गरेका अध्ययन, अनुगमन, सर्वेक्षण रिपोर्ट/प्रतिवेदनहरु। सान्दर्भिक अन्य उपलब्ध रिपोर्ट/दस्ताबेजका लिङ्कहरु अद्यावधिक गर्दै लगिने छ।
पत्रकारितामा कोभड-१९ को प्रभाव: सर्वेक्षणको प्रारम्भिक नतिजा (सर्वेक्षण) - पिडीएफ, नेपालीमा (नेपाल पत्रकार महासंघ, शेयरकास्ट इनिसियटिभ नेपाल, असोज ५, २०७७ / September 21, 2020)
जम्मा २००८ जना पत्रकारको सहभागिता रहेको टेलिफोन सर्वेक्षण। लकडाउनको बेला सूचना संकलन र सम्प्रेषणको स्थिति, भाइरसबाट जोगिन अपनाइएका सतर्कता, काम गर्ने तौरतरिकामा परिवर्तन, पारिश्रमिक भुक्तानीको अवस्था, कार्यस्थलमा सुरक्षाको अवस्था, भावी योजना, आदि ।
मुख्य परिणाम: महामारी र लकडाउनले पत्रकारितामा नकरात्मक असर, ४०% भदा बढी पत्रकारको पेशा वा आमदानीमा असर, २०% ले तलब नपाएको।
The Impact of COVID-19 on Nepali Media (a report)– PDF, in English (Freedom Forum, August, 2020)
Desk reviews, interviews with key respondents; baseline assessment, covers the period between March 24 and July 24, 2020, and topics like journalists’ job losses, personal saftey, press freedom violations, etc, provincewise.
Key highlights: 38% of journalists lost their jobs, journalists’ disenchanted on account of upaid/delayed salaries, layoffs, etc.
Impact of COVID-19 on journalism in Nepal (a survey)– PDF, in English (Nepal Press Institute, 2020)
Online survey, July 10-24, 2020 (N=1,134; 912 males, 218 females). Topics covered: psychological and financial impact on journalists, working conditions, job security, changing work pratices and outputs, workplace support, etc.
Key findings: Low disaster preparedness in Nepali news industry, journalists impacted in mental wellbeing, and financially. Respondents reported anxiety (75%), financial impact (74%), significant changes in working hours (66%), increased cuts in programming/contents, etc.
कोभिड-१९ बाट नेपाली मिडियामा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन-२०७७ को मुख्य-मुख्य अंश - पिडीएफ, नेपालीमा (प्रेस काउन्सील नेपाल, साउन २०७७ / July 2020)
डेस्क रिभ्यु, टेलिफोन संवाद, प्रतिवेदन, समाचार सामग्रीहरु, सुझाव, छलफलका आधारमा लकडाउन अवधिको आर्थिक अवस्थाबारे तयार गरिएको प्रतिवेदन।
मुख्य परिणाम: आमसञ्चारमाध्यममा प्रभाव; पत्रकारको आम्दानी वा रोजगारीमा असर, मिडियामा बिज्ञापन कटौती- छापा (८०%), रेडियो (७०%), टेलिभिजन (६०%), अनलाइन (४५%)।
कोभिड-१९ ले पत्रकार र मिडियामा पारेको प्रभावबारे अध्ययन नतिजा (सर्वेक्षण) - पिडीएफ, नेपालीमा (गजेन्द्र सिंह बुढाथोकी, अध्ययन र रिपोर्ट लेखन, विपद् रिसोर्स/मिडिया फाउन्डेशनमा प्रकाशन, असार १२, २०७७ / June 26, 2020)
देशभरका ९५० पत्रकारहरूलाई ३ चरणमा जेठ २५, २०७७ देखि असार ४, २०७७ (June 7- 18, 2020) का वीच इमेलबाट प्रश्नावली पठाइएको। जम्मा २५६ सञ्चारकर्मीले सर्वेक्षणमा सहभागिता । अपनाइएको पुरक विधि: टेसलफोन अन्तर्वार्ता। समेटिएका बिषय: सञ्चारकर्मीको तलब कटौती, संख्या कटौती, अनिवार्य विदा, पत्रकारलाई राहत, बीमा अवस्था, आदि।
मुख्य परिणाम: देशभरिका झन्डै ३ हजार पत्रकार रोजगारी संकटमा, सञ्चारगृहहरुको कुल कारोबारको ८० प्रतिशतसम्म आय (रेभेन्यु) उठ्न नसकेको, ७५ प्रतिशत पत्रकार बिमाविहीन।
कोरोना (कोभिड-१९) को संक्रमणको असरबाट प्रभावित भएका पत्रकार र सञ्चार माध्यमको अवस्थाबारे अनुगमन प्रतिवेदन - पिडीएफ, नेपालीमा (नेपाल पत्रकार महासंघ, जेठ २७, २०७७ / June 9, 2020)
(प्रारम्भिक नतिजा एचटिएमएल नेपालीमा, पिडीएफ नेपालीमा, चैत्र २८, २०७६ / April 10, 2020)
लकडाउनको अवधि २०७६ चैत ११ देखि २०७७ जेठ १० गतेसम्मको अवस्थामा केन्द्रित १४ जिल्ला तथा ५१ सञ्चार प्रतिष्ठानहरुमा प्रत्यक्ष भ्रमण, टेलिफोन र अनलाइन माध्यमबाट गरिएको अनुगमन ।
मुख्य परिणाम: समग्र सञ्चार क्षेत्रमा गम्भीर असर । सरकारले संरक्षणको नीति लिई राहत, सहुलियतको अविलम्ब घोषणा गर्नु पर्ने।
कोरोना (COVID-19) महामारीको समयमा मिडियाको विश्वसनीयता सम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको संक्षिप्त मिडिया सर्वेक्षण - पिडीएफ, नेपालीमा (प्रेस काउन्सिल नेपाल, २०७७ जेठ १६ / May 19, 2020)
सर्वेक्षणमा उपभोक्ताहरुको सञ्चारमाध्यमप्रतिको विश्वास, पत्रकार आचारसंहिता पालनाको अवस्था, आचारसंहिता उल्लङ्घन, सामाजिक सञ्जालप्रतिको लोकप्रियता र विश्वसनीयता, वास्तविक पत्रकारको पहिचान, मिडियाप्रतिको विश्वास बढाउन आवश्यक सुझावहरु समेटिएका छन्।
मुख्य परिणाम: अनलाइन मिडिया बढी उपभोक्ताले प्रयोग गर्ने बताए, तर करिब ९०.९% सहभागीका विचारमा आचारसंहिता उल्लङ्घन गर्नेमा अनलाइन मिडिया नै रहेका छन् ।