उमेर (Age):
22
ब्यावसाय/सम्बन्धन (Profession/affiliation) - मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector):
गैर मिडिया क्षेत्र (non-media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म काठमाडौँको सिद्धार्थ बनस्थली नजिकै थिएँ; जांच सिध्याएर गाडीको पर्खाइमा थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
भूकम्प जाँदा पहिला त मलाई दिमागमा भूकम्प भन्ने यादै भएन; एक्कासी लड्दा साथीहरुले भूकम्प भनेर कराउदा थाहा पाएँ र अलिक सेफ भएर बसें ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
आज जीन्दगी यत्तिनै मात्र रहेछ भन्ने कुरा दिमागमा आयो, अनि झटपट घरको याद आएको थियो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
मेरो अगाडी खासै क्षति भएको देखिन. अनि फोन गर्न गोजीबाट मोबाइल निकाल्न खोजें तर त्यति गर्ने बल पनि थिएन; केहि पनि सूचना पाइएन ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
त्यस्तो अपतकालमा पनि मिडियाले सन्धिको जस्तो पहुँच देखाए; मिडियाको भूमिका त्यस्तो कमजोर लागेन, सबल भन्नु पर्छ ।
भूकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake-- what you did, etc.).
मेरो घर सल्यान भएकोले ३ दिन पछि घर फर्किएँ .
बाँकी दिन डर-त्रास बिना बिताएँ । त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
मैले हेरेका ठाउँमा देखें-- घरहरु ढलेका थिए, अनि घर ढल्दा मान्छे मरे, कोहि जिवितै निकालिए । काल नआई मान्छे मर्दैन भन्थे, त्यहि कुरा स्मरणमा आइरह्यो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
घर बनाउदा कोठा भाडामा दिने भन्दै धेरै तलाको घर नबनाउने; संधैं भूकम्पवाट बच्न तयारी अवस्थामा बस्ने ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।