उमेर (Age):
24
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
बैसाख १२ मा शनिबार भएकाेले घरमा नै सरसफाइ गदै थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
अाज म बाचें भने अझ १०० बर्ष बाँच्छु भन्ने मनमा लाग्यो । चुप लागेर बसें नि ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
ज्यान जोगाउनु नै ठूलाे कुरा लाग्यो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
खास त्यस्तो केही सूचना पाउन नसकेको अवस्था थियोे; सबै नेटवर्क समस्याले केहि गर्न सकिएन ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
कहाँ, के-कस्तो अवस्था छ भन्ने कुरा को जानकारी पाउन चाहिँ सहज भयो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
त्यस्तो खास कामहरु केही गर्न सकिएन; भूकम्पको कुराकानीमै हप्ता दिन बित्यो ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
जीवनमा बाँच्नु नै ठूलो कुरा रहेछ । हप्ताभरि “आयो, आयो” शब्द चाहिँ अझै पनि कानमा गुन्जिरहेको छ ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
जीवन अमुल्य रहेछ । कसरी भावी जीवनमा सुरक्षित रहन सकिन्छ, त्यसलाई मनन गरेर आफू पनि बचौ, अरुलाई नि बचाउँ भन्ने कुरालाई ख्याल गर्दै भुकम्प रहित घर बनाउँ र सुरक्षित रहौ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।