उमेर (Age):
30
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
प्रज्ञा भवनमा लाइन्स क्लबको कार्यक्रममा सहभागी हुँदै थिएँ । हामी हजार जनाको संख्यामा सहभागी थियौं ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake).
मैले एकछिन कुरें । भागदौड मच्चिरहेको थियो । एक छिनपछि बाहिर निस्किएँ । डर लाग्यो । घरै लडेर थिच्छ कि भन्ने लाग्यो । बाहिर निस्किएपछि पनि निरन्तर पराकम्प आइरह्यो । त्रासदीपूर्ण वातावरण थियो त्यतिबेला ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
मेरो परिवारको सुरक्षा । आफ्नो सुरक्षा । जनधनको न्यून क्षति रहोस् भन्ने चाहना ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
इन्टरनेटबाट खबरहरु खोजेँ । थोरै सूचना र धेरै अफहवा थियो । हाम्रोमा पूर्वतयारी राम्रो रहेनछ भन्ने लाग्यो । भूकम्प कतिको गयो भन्ने कुरा थाहा पाउन पनि समय लाग्यो ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
सञ्चार माध्यम धेरै प्रभावकारी रहे । हल्लाको पछि लाग्ने केही अपरिष्कृत सामग्री पनि प्रचार भए । तर समग्रमा राम्रो थियो मिडियाको भूमिका ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
म घरमै बसेँ । घर सुरक्षित थियो । आफ्नो कामलाई निरन्तरता दिएँ । अनि घरपरिवारको अवस्था बुझ्न गाउँ गएँ । समग्रमा पत्रकारिता कर्मलाई नै अगाडि बढाएँ । किनकी म www.sajhapost.com नामक अनलाइनमा काम गर्छु । यसमा बिदा हुने कुरा भएन ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
रिपोर्टिङको क्रममा काठमाडौंको केही भागमा पुगेँ । मानवीय क्षति विभत्स थियो । गाउँ गएँ; कुनै-कुनै गाउँहरु नै ध्वस्त भएको दृश्यहरु बिर्सनयोग्य थिए, तर बिर्सन सकिएन । सकिएको छैन ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
पूर्वतयारीमा जोड दिनुपर्छ । संरचना बलियो बनाउनुपर्छ । हामीले क्षति न्यूनिकरणका उपायहरु खोज्नुपर्छ । भूकम्पका पराकम्पन घट्दै जाँदा नसुधारिएको पुरानै जीवन शैली र संचरनालाई निरन्ततरता दिने हो भने यो भन्दा ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।