उमेर (Age):
43
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
भूकम्प जाँदा बागबजारको एउटा घरभित्र थिएँ । स्वर्गीय कवि विमल गुरुङको विषयमा लेखेको एउटा लेख पत्रिकालाई बुझाउँदै थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
आज जीवनको अन्तिम दिन रहेछ भन्ने लाग्यो । छोरीहरु के गर्दै होलान् भन्ने चिन्ता लाग्यो । भित्री ढोकामा थचक्क बसेर सुरक्षा उपाय अपनाएँ ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
त्यतिखेर मलाई आफ्नो र सन्तानको ज्यानको असाध्यै माया लागेर आयो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? आफूलाई आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
छोरीहरु के गर्दै होलान्, उनीहरुको मानसिक र शारीरिक अवस्था के होला भन्ने सूचना प्राप्त गर्न मन लाग्यो । छोरीहरुलाई फोन गरेँ, तर फोन लागे पो ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाईंलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
भूकम्पको समयमा सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियो, एफ एम हुँदो रहेछ । त्यसपछि मोबाइलमा अनलाइन । टेलिभिजन घरभित्र मात्र हेर्न सकिने र त्यसमा पनि विद्युतीय आपूर्ति नहुँदा त्यति प्रभावकारी लागेन । छापा माध्यम कम पृष्ठमा छापिए । सञ्चारगृह भवनभित्र बसेर काम गर्न त्रास भएका कारण । त्यसैले सञ्चारमाध्यमले पनि वैकल्पिक भवनको ब्यवस्था गर्नु पर्ने देखिन्छ ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
भूकम्पपछिको एक साता समाचार संकलनमै वित्यो । त्रिपालभित्र बस्न पर्यो । चाउचाउ असाध्यै खाइयो ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week following the quake?)
भूकम्पपछि नेपालीहरु एकापसमा मिलेर त्रिपालमुनि दिन रात गुजारेको देख्नु र भोग्नु नै सबैभन्दा अविस्मरणीय रह्यो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
शोकलाई शक्तिमा बदल्नुपर्छ । ब्यवस्थित शहरका लागि भवन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ । र कुनै पनि बेला नेपालमा भूकम्प आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर पूर्व तयारी गर्नु पर्छ । नेपाललाई जापान बनाउने अवसरका रुपमा पनि यसलाई लिनु पर्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।