उमेर (Age):
33
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
त्यो दिन म रेडियो सानीभेरी रुकुमको कार्यालयमा थिएँ । त्यहाँ म संचालक संस्थाको सचिवको रुपमा कार्यरत छु । चट्यागं लागेर युपिएस खराब भएको थियो । रेडियो बन्द थियो । स्टेशन म्यानेजर ध्रुव, प्रोग्राम संयोजक गणेश, पत्रकार साथी मेनका लगायत रेडियो रहेको भवनको दोस्रो तलामा थियौं । मलाई त भूकम्पको कम्पन समेत थाहा भएन अनि साथी मेनका परियारले भनेपछि मात्र थाहा पाएँ । पछि मात्र मुटु हल्लियो । बाहिर दौडिएँ, अनि मात्र थाहा भयो, कति ठूलो भूकम्प रहेछ भनेर ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
थाहा भइसकेपछि नजिकै रहेको अदालतको प्रांगणमा पुगें । त्यहाँको गाडी र वरीपरिका भवन हल्लिरहेको देख्दा मुटुको धड्कन कति चांडो चलेको थियो ।
त्यतिखेर तपाईंलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
मेरो सानो १ मात्र ६ वर्षको ५ कक्षामा पढ्ने छोरा छ । उ विद्यालयमा थियो । अनि पहिलो पटक उसलाई लिन विद्यालय दौडेको थिएँ । तर वावु चाहि मजाले हँसिरहेको थियो । मलाई सबै वेलिविस्तार लगायो ।
त्यस बेला तपाईंले के-कस्ता सूचना खोज्नु भयो? तपाईंले आवश्यक सूचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
मैले त्यतिन्जेल सम्ममा धरहरा ढलेको सुनिसकेको थिएँ । तर त्यो भूकम्प कुन स्तरको हो भनेर पत्ता लगाउनु मेरो प्राथमिकताको विषय थियो ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाइन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
सूचनाको लागि गुगल र फेसवुकले काम गरे । अनि मिडियाले जेखिम मोलेर काम गरेको राम्रो लाग्यो । तर अलिक हतास वनाउने र विग्रेको, सवै ध्वस्त भएको भनेर सूचना प्रकाशन गरेको मन परेन । कम्तीमा सन्तुलित हुनुपर्ने थियो । शुरुमा सवै खतम भयो भन्ने लागेको थियो तर केही वचेको पनि रहेछ । यसमा खुसी छु । तर सामुदायिक रेडियोको भूमिका राष्टिय भनिने मिडियाको भन्दा सही र सन्तुलित लाग्यो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
सामान्य नै रह्यो । भूकम्प सम्वन्धि विशेष रेडियो प्रोग्राम वनाउने बजाउने, आफन्तहरुको जानकारी लिने । सल्लाह दिने र हौसला प्रदान गरेर बित्यो ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
भूकम्प गइसकेपछि विना मोजा नै जथाभावी साथीहरुलाई पछाडि लगाएर दौडेको सम्झन्छु । मलाई देखेर अरुपनि मेरै पछि अन्धधुन्द दौडेको देखेको सम्झेर हाँसो लाग्छ ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
भूकम्पिय सुरक्षा सम्वन्धि अहिले सम्म हामीले सिकेको कुरा गलत रहेछ भन्ने लाग्छ । पश्चिमा र खासगरी विकसित मूलुककका लागि बनेको नियम हामीमा लागु नहुने कुरा पक्का भयो । अव हामीले हाम्रै अनुकुलताका लागि निर्माण गर्नुपर्ने र त्यही अनुसारको सुरक्षाका उपाय अपनाउनु उपयुक्त हुनेछ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।