उमेर (Age):
38
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
म खाना खाएर हात धुँदै थिए । पानीको धारा नै हल्लिएको जस्तो लाग्यो । टेबुलमा राखेको भात पकाएको प्रेसर कुकर फनफनी घुम्यो । “भुकम्प आयो” भन्दै मान्छेहरु सडकमा निस्के; म पनि हतार-हतार सडकमा निस्कें । सडकमा एकै छिनमा सयौ मानिसहरुको भिड लाग्यो ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भुकम्पले म भएको ठाउँमा खासै क्षति भएको थिएन । भुकम्प आयो, सुरक्षित स्थानमा बस्नु पर्छ भनेर नजिकैको खुला ठाउँमा गयौं ।
भुकम्पले यति धेरै क्षति पुर्याउला भन्ने मैले कल्पना सम्म गरेको थिइन । केहि क्षणमै टेलिभजिनमा बेक्रिङ न्युज आए । काठमान्डौको धरहरा नै ढल्यो । धेरै जनधनको क्षति भएको समाचार आएपछि म पनि निक्कै आत्तिए ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
काठमान्डौमा रहेका परिवारका सदस्य, आफन्त र साथीभाइहरुको भुकम्पमा परेर मृत्यु भयो कि, र्घाइते भए कि भन्ने चिन्ताले छटपटिएँ । तुरन्तै फोन गरें । धेरैको फोन लाग्यो । कसै कसैको फोन लागेन । जसको फोन लागेन उनीहरुको अबस्था के होला भन्ने चिन्ता थपियो ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
लामो समय सम्म पनि सरकारको तर्फाट भुकम्पले पुर्याएको क्षतिका बारेमा आधिकारिक सूचना पाउन सकिएन । सूचनाका लागि भारतीय टेलिभिजन च्यानल, रेडियो मै भर पर्नु पर्यो ।
प्रारम्भिक सूचनाहरु ठीकै थिए । तर भुकम्पबाट प्रत्यक्ष रुपमा प्रभावितहरुले के-कस्तो सूचना खोजिरहेका छन्, कस्ता सूचना उनीहरुका लागि आवश्यक पर्छ भन्नेतर्फ अधिकांश मिडियाले समय मै ध्यान दिन सकेनन् ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
सरकारबाट केहि पनि सूचना नपाएको अबस्थामा मिडियाले जति सुचना दिए त्यो पर्याप्त नभए पनि उपयोगी नै थियो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
के गर्ने, कसो गर्ने भन्ने अलमलमै एक साता बित्यो ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
लामो समयसम्म सर्म्पर्क नभएका देश-विदेशमा रहेका आफन्त साथी-भाईसंग सर्म्पर्क भयो । प्रभावितहरुको राहत र उद्धारमा सहयोगका लागि शुरु गरिएका अभियानहरुमा सक्रिय सहभागी भइयो । विपद् पर्दा सबैको माया र सदभाव प्राप्त भयो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
हामी भुकम्प मात्रै नभएर बाढी, डुवान र पहिरो जस्ता विपद्को जोखिममा छौं । त्यसैले त्यो विपद्बाट बच्न सावधानी अपनाउने । विपद् मा परिहालियो भने कसरी बच्ने, कसरी बचाउने भन्नेतर्फ गम्भिर भएर सोच्नु पर्छ । पूर्वतयारीहरु गर्नु पर्छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।