उमेर (Age):
37
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
गैर मिडिया क्षेत्र (non-media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
बैसाख १२ का दिन हामी नेपाली जनसम्पर्क समिति, दक्षिण भारतको मिटिड़्गका लागि भारतको हैदराबाद राज्यमा बसेका थियौ । नेपालमा ७.८ रेक्टर स्केलको भुकम्प गएको समाचार सुन्दा अत्यन्त दुखित भयौं । त्यही बैठकमा हामीले नेपालको भुकम्पबारे छलफल गर्यौं । काठमाण्डौ लगायत देशका विभिन्न स्थानहरु भुकम्पले ठूलो मात्रामा क्षतिग्रस्त भएको समाचार नेपाली मिडियाबाट जानकारी भएको थियो । र. दुखदायी समाचारका कारण बैठक स्थागित गरी भुकम्प पिडितको उद्धारमा जुटने निर्णय गरेका थियौं ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
भुकम्पको समाचार सुने पछि सबैभन्दा पहिला आफ्नो घरमा फोन गर्ने कोशिश गर्यौं तर फोन लागेन । मनमा सार्है चिन्ताले ग्रस्तित भइयो ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
त्यति खेर सबै भन्दा महत्वपूर्ण लागेको कुरा- पिडितलाई राहतका लागि समितिका सबै साथीहरु एकात्मक रुपमा प्रस्तुत हुने र राहत संकलन गरी नेपाल पठाउने ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
त्यति खेर नेपालको कुन-कुन भागमा भुकम्प गएको हो, त्यो जानकारीका लागि नेपाली मिडियासंग सम्पर्क गरियो ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
समाचारका लागि नेपाली मिडिया र भारतीय मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो, नेपालको चिन्ता र परिवारको चिन्तामा नै बित्यो ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
प्राकृतिक विपद् र मानवीय क्षतिका कारण मनमा डर, चिन्ता र मृत्यु हुने नेपाली दाजु-भाइ, दिदी-वहिनी एवं विदेसी नाकरिकको सम्झनामा ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
स्मरणीय कुरा परै छोडौ, मनमा शोक र व्याकुलता छायो ।
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
दैवको लिला अपरम्पार छ। दैवी प्रकोप जस्तो विनाशबाट बच्नको लागि भुकम्प प्रतिरोधी घरहरु आवश्यक देखेको छु । सरकार पनि पुनर्निर्माण, पुनर्वासका लागि निश्चित रूपमा अगि बढोस् ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ