उमेर (Age):
31
ब्यावसाय/सम्बन्धन (Profession/affiliation): मिडिया क्षेत्र (media sector) / गैर मिडिया क्षेत्र (non-media sector)
मिडिया क्षेत्र (media sector)
बैसाख १२ गते भुकम्प जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो? (Please describe where you were and what you were doing when the earthquake hit Nepal on 25 April 2015?)
नव वर्ष २०७२ को दोस्रो साता अर्थात बैशाख १२ गते शनिबार भएकोले घरमै बसेको थिएँ । गर्मी पनि त्यत्तिकै भएकोले खाना खाएर म सुतेको थिएँ ।
भुकुम्प जाने बित्तिकै तपाईंले कस्तो प्रतिक्रिया (मानसिक, शारीरिक) प्रकट गर्नु भयो र के गर्नु भयो? (Please describe your immediate mental and physical reaction, and your response following the quake.
एक्कासी खाट हल्लिएको महसूस भयो । मेरो खाटसंगै भतिजाको पनि खाट जोडिएकोेले मैले उसैले हल्लाइरहेको ठानेर “यो के गरेको?” भन्दै उठें । तर म बाहेक कोठामा अन्य कोही पनि थिएन । अनि पर्खालहरु र पंखा हल्लिरहेको पाएँ । त्यसपछि “भुकम्प, भुकम्प!” भन्दै कराउंदै म अरुको ख्याल नै नगरी बाहिर भागे ।
घरको दक्षिणपट्टी महेश काकाको घरको अगाडीपट्टी अलिकति जग्ग खाली रहेको छ, त्यहाँ परिवारका अरु मानिसहरु पनि जम्मा भएका थिए । त्यही दिन बिहान परेको वर्षाको जमेको पानी उत्तर, दक्षिण गर्दै बगिरहेको थियो; महेश काकाको घरको छतमा रहेको फलामे छठ पनि जोड जोडले हल्लिरहेको थियो । त्यसैगरी काकाकै घरको अगाडि रहेको दोस्रो तल्लाको पर्खालमा लगाइएको फलामे बार पनि जोड जोडले हल्लिदै कृतनमा बज्ने गरेको झ्याली झै बजिरहेको थियो ।
सबै जना डराएको मनिस्थितिमा थिए । त्यसपछि मैले आफ्ना घरका सदस्यहरुको खोजी गरें । घरका सदस्यहरु अर्थात दुइ भाउजु, भतिजा र भतिजीहरु म भन्दा अगाडि नै घरबाट निस्किसकेका थिए । त्यसपछि सबैजना सुरक्षित रहेको महसूस भयो । त्यसपछि पनि लगत्तै ठुलो पराकम्पन गएको महसूस भयो । हाम्रा परिवारका सबैजना उभिएर चर्चा-परिचर्चा गरिरहेका थियौ । त्यसपछि मैले मोबाइलमा एफएम लगाएँ तर जलेश्वरबाट प्रसारण हुने एउटा पनि एफएम सुन्न सकिँन, सबै बन्द थिए । त्यसपछि सर्च गर्दागर्दै रेडियो नेपाल लाग्यो । रेडियो नेपाल सुनेर कास्की जिल्ला केन्द्रविन्दु रहेको थाहा पाएँ ।
केही क्षणपछि घरहरा पनि ढलेको विभिन्न समाचारदाताहरुसंग प्रत्यक्ष प्रसारण गरिरहेको रेडियो नेपालमा सुने । मोबाइलमा इन्टरनेट खोलें र अपडेट आएको नआएको खोजें तर कसैले पनि अपडेट नगरेको भेटिएपछि फेसबुक खोलें । फेसबुकमा थुप्रै साथीहरुले स्थितिबारे अपडेट गरिरहेका थिए । त्यसपश्चात मैले भुकम्प ठुलै गएको महसूस गदै आफ्नै दायित्व पुरा गर्न निस्किन तयारी गरें । घरका तथा परिवारका मान्छेहरुले यस्तोमा बाहिर नजाने सल्लाह दिए, तर आफ्नो सुसुचित गर्ने दायित्व पूरा गर्नु पर्छ भन्दै म घरबाहिर निस्के ।
घरबाट निस्केर म चोकमा आएँ । भुकम्प पूर्व दुई दिनसम्म गाउँमा विजुलीको लाइन नआएको तर शनिबार मात्रै आएकोले पनि कसैको मोबाइल चार्ज थिएन भने कसैको फोनै लाग्दैन थियो । कसैको पनि मोबाइल सम्पर्क न भइरहेको समयमा मेरो पोष्टपेड मोबाइल भने राम्ररी काम गरिरहेको थियो । मैले धेरै जनालाई आफन्तसंग कुरा गराइदिए । चोकमा आएपछि भुकम्प आएपछि एकजना गाउँकै महिला बेहोस भएर मरेको खबर पाएँ । खबर पाएर खोजतलाश गरें तर ती महिला बेहोस मात्रै भएको भेटियो ।
त्यसपछि म र साथी अर्पण कर्ण सदरमुकाम जलेश्वर आयौं । जलेश्वरमा पनि सबै सडकमै थिँए । पराकम्पनहरु पटक-पटक गइरहेका थिए । त्यसैले पनि सबैजना डराएर बसेका थिए । जलेश्वर पुगेर एकदुई जना पत्रकारसाथीहरुलाई बोलाएँ । केही खबर प्राप्त भएको बारे जानकारी लिएँ । भटौलिया लगायतका केही ठाउँमा केही भत्किएको खबर पाएँ । त्यसपछि मैले थप जानकारी र पुष्टिको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी लोकेन्द्र श्रेष्ठलाई मोबाइल सम्पर्क गर्दा उहाँले केही ठाउँमा घरहरु भत्किएको तर मानवीय क्षति नभएको जानकारी दिनुभयो ।
केही क्षण बसेपछि समाचार लेख्नको लागि कम्प्युटरको पसलमा गए तर त्यो बन्द थियो । अन्य पनि पसल बन्द रहेको र पराकम्पनहरु पटक पटक आइरहेकोले साथीहरुले घर जाने सल्लाह दिए । सो दिन समाचार नै नगरी साँझ घर आएँ । टिभी, रेडियो नेपाल तथा फेसबुक निरन्तर हेरिरहें र स्थितिबारे अपडेट भइरहे । राति चाडै खाना खाएर घरका सबैसदस्यहरु बाहिर नै खाट लगाएर सुते तर म भने आफ्नै कोठामा सुतें ।
राति पनि एकदुईपल्ट आयो तर मैले महसूस नै गर्न सकिँन । घरका सदस्यहरु उठाउन आउँदा मात्रै चाल पाउँथे । त्यसपछि पनि निरन्तर पराकम्पन आइरहयो । अहिले पनि आउने क्रम जारी छ । तर म कहिल्ये पनि घर बाहिर भने सुँतिन । किनकि, घर मेरो एकतले मात्रै छ भने घर अगाडि पनि खुला ठाउँ छ त्यस्तै मैले जलेश्वरमा रहेको रेडियो रुद्राक्ष एफएममा एनसेटको भुकम्प सम्बन्धी कार्यक्रम पनि चलाउने गरेकोले मलाई यसबारे थाहा पनि थियो ।
त्यतिखेर तपाइलाई सब भन्दा महत्वपूर्ण कुरा (सरोकार) के लागेको थियो? (What were your most important concerns at that time?)
त्यो बेला मलाई सबभन्दा महत्वपूर्ण आफू जोगिने र त्यसपछि घर परिवारका मान्छेहरुबारे जानकारी लिनु महत्वपूर्ण लागेको थियो । दाजु विद्यालय जानु भएकोले उहाँलाई पनि सम्पर्क गरेर खबर लिएँ अनि आफन्तजनहरुमा पनि फोन सम्पर्क गरेर बुझें । त्यस्तै काकाका छोराहरु काठमाण्डौमा थिए, उनीहरुलाई पनि फोन गरेर के-कस्तो अवस्था छ भनेर जानकारी लिएँ ।
त्यस बेला तपाईंले के-कस्ता सुचना खोज्नु भयो? तपाईंले आवश्यक सुचनाहरु पाउनु भयो त? (What types of information were you looking for at that time? Did you have access to all the information you needed?)
भुकम्प आए लगत्तै मैले सर्वप्रथम स्थानीय एफएम रेडियोहरु खोले तर तिनीहरु बन्द थिए । त्यसपछि इन्टरनेट हेरें, अपडेट भएको थिएन । त्यस पश्चात रेडियो नेपाल र फेसबुक खोलें, विस्तारै विस्तारै जानकारीहरु आउन थालेका थिए ।
रेडियो, टेलिभिजन, समाचारपत्र, अनलाईन जस्ता समाचार स्रोतहरु तपाइलाई जानकारी दिन कत्तिको उपयोगी साबित भए? मिडियाका कुन पक्ष कमजोर, कुन पक्ष सबल रहे? (How helpful were news media such as radio, television, newspapers, online news portals, etc in informing you immediately after the quake and the days following it? Please note their strengths as well as weaknesses).
स्थानीय रेडियोहरु जो आफूलाई सामुदायिक भन्छन्, उनीहरुको अवस्था गैरजिम्मेवारपूर्ण देखियो, तर रेडियो नेपालको भूमिका मैले एकदमै राम्रो पाएँ ।
भुकम्प पछिको हफ्ता कसरी बिताउनु भो? (Please describe how you spent the week following the quake– what you did, etc.).
त्यसपछि पनि पटक-पटक पराकम्पनहरु गइरहे, तर यसक्षेत्रमा खासै क्षति नपुगेको अवस्था थियो । गाउँका तथा घरकै सदस्यहरु बारिह सुत्थे, तर म भने घरमत्रिै सुतें ।
त्यो हफ्ता तपाईंको सबैभन्दा स्मरणीय कुरा? (Any memorable facts or incidents during the week, following the quake?)
————————
बैसाख १२ गतेको भुकम्पवाट हामीले के पाठ सिक्नु पर्छ? (What are some of the lessons that we should take away from the 25 April 2015 quake in Nepal?)
सरकारले कानुन मात्रै होइन त्यसको कार्यान्वयनमा पनि कडाई गर्नु जरुरी छ । साथै विपद्को पूर्व तयारी, रासन र पुर्नस्थापनको कुरामा तदारुकता देखाउनु जरुरी छ ।
तपाईंले आफ्नो अनुभव शेयर गरिसक्नु भएको छैन भने, यहाँ शेयर गर्न सक्नु हुन्छ ।